माइतीघरमा बिरोध प्रदर्शन, प्रहरीसँगको झडपमा केही प्रदर्शनकारी घाइते

काठमाडौँ । गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५ खारेजीको माग गर्दै बिरोध प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि आइतबार प्रहरीले पाहस्तक्षेप गरेको छ । माइतीघर मण्डलामा प्रदर्शन गर्नेमाथि प्रहरीले पानीको फोहोरा हानेर हस्तक्षेप गरेको हो ।

गुठी विधेयकका कारण धर्म र संस्कृतिमाथि आक्रमण भएको भन्दै विभिन्न संघसंस्थाका प्रतिनिधिले मण्डलामा प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा सडकमै सुतेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

पटकपटक सम्झाउँदासमेत सडकमा सुतेका प्रदर्शनकारीलाई प्रहरीले पानीको फोहोरा हानेर भिड तितरवितर पारेको थियो । प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउसमेत गरेको छ ।

उक्त प्रहरीसँगको झडपमा केही प्रदर्शनकारीहरु घाइतेसमेत भएका छन् । प्रहरी हस्तक्षपवाट घाइते भएकाहरु महेश कारंजित, कृष्ण मानन्धर, सजिब बज्राचार्य छन् । त्यस्तै पक्राउ पर्नेहरुमा डा. महेशमान श्रेष्ठ, कृष्ण भायो, अनिस बैद्य र विकास महर्जन रहेका छन् ।

प्रतिक्रिया