पाँचथर । जिल्लाका अग्रज मानवअधिकारकर्मी प्रेम ओझालाई शनिबार सम्मान गरिएको छ । पाँचथर फिदिम नगरपालिका–२ मा जन्मेका ओझाले लामो समयसम्म अधिकारको क्षेत्रमा पाँचथर जीवन व्यतित गरिरहेको भनी ‘पूर्वाञ्चल मानवअकिार रक्षक परिषद्ले’ सम्मान गरेको हो ।
प्रजातन्त्र प्राप्तिपछि शान्तिप्रक्रियासम्म कठिन परिस्थितिको समाना गरिरहेको अवस्थामा शनिबार ओझालाई गरिएको सम्मानले पुर्वाञ्चलनै सम्मानित भएको बताइएको छ । उनलाई पाँचथरमा पूर्वाञ्चल स्तरीय अधिकारकर्मीहरूको भेलाले सम्मान गरेको हो ।
मानवधिकारको अवस्था र मानवअधिकार रक्षकहरूको भूमिका विषयमा फिदिममा अन्तरसंवाद कार्यक्रमको आयोजना गरिएको थियो । ओझा, पाँचथरमा पत्रकारिता, गैसस र अधिकारको क्षेत्रमा अग्रणी अभियान्ताकारूपमा परिचित छन् ।
प्रतिक्रिया