कवितालाई ‘मिसेस आर्यनको उपाधि

काठमाडौं । विवाहित महिलाको क्षमता अभिवृद्धि गराउने उद्देश्यले आयोजित ‘मिसेस आर्यन नेपाल २०१९’ को उपाधि कविता ढकालले हात पारेकी छन् ।

उनले शीर्षसहित पब्लिक च्वाइज र मोस्ट स्मार्टको सबटाइटलको अवार्डसमेत हात पारिन् । प्रतियोगितामा फस्ट रनरअप स्पार्कल पुरी र सेकेन्ड रनरअपको उपाधि सीमा थापाले जिते ।

जमलको राष्ट्रिय नाचघरमा आयोजित उक्त कार्यक्रमको आयोजना एमाजोन इन्टरटेन्मेन्टले गरेको हो । विवाहित महिलाको क्षमता अभिवृद्धि र सामाजिक काममा अग्रसर गराउने उद्देश्यले प्रतियोगिता गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा बेस्ट ट्यालेन्ट सीमा थापा खड्का, बेस्ट फोटोजेनिक स्पार्कल पुरी, बेस्ट स्किन अस्मिता बसुला, बेस्ट हेयर पुजा रानी गैरे, बेस्ट स्माइल स्वस्थानी न्यौपाने, मोस्ट पपुलर पुजा रानी गैरे र बेस्ट ड्रेस स्पार्कल पुरीले हात पारे । पूर्व मिसनेपाल सुगारिका केसी, शुभ आचार्य र निशु महर्जन निर्णायक रहेको उक्त प्रतियोगिताको कोरियोग्राफी हिमानी सुब्बाको रहेको थियो ।

प्रतिक्रिया