पुलिसद्वारा गण्डकी पराजित

काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा बुधबार भएको खेलमा गण्डकी प्रदेशलाई ३/० को सोझो सेटमा पराजित गर्दै पुलिसले सेमिफाइनलको यात्रा तय गरेको हो । प्रतियोगितामा लगातार तेस्रो जीत निकाल्ने क्रममा पुलिसले गण्डकीलाई २५/२१, २५/१५  र  २५/१६ को सेटमा पाखा लगायो ।

जीतसँगै समूह ’ख’ बाट पुलिसले ३ खेलबाट ९ अंक जोड्यो । एक खेल अगाबै पुलिसले अन्तिम चारको यात्रा तय ग¥यो ।
लिग चरणको आफ्नो अन्तिम खेलमा पराजित भएपनि गण्डकीले सेमिफाइनलमा स्थान पक्का गरेको छ । गण्डकीले ४ खेलबाट ९ अंक नै जोडेको छ । गण्डकीले अघिल्ला ३ खेलमा लगातार जीत निकालेको थियो ।

यस समूहमा एक खेल खेल्न बाँकी रहेको प्रदेश ३ को ३ अंक रहेको छ । यस्तै प्रदेश ५ को पनि ३ अंक रहेको छ । एक खेल खेल्न बाँकी कर्णालीले जीत निकाल्न सकेको छैन । समूह ’क’ एपीएफ र त्रिभुवन आर्मीले सेमिफाइनलमा स्थान पक्का गरेका छन् । बुधबार नै भएको खेलमा एपीएफले आर्मीलाई ३/१ को सेटमा पराजित गरेको थियो । रोमान्चक बनेको खेलमा एपीएफले आर्मीलाई २५/१४, २५/२१, २०/२५ र २५/२० को सेटमा पराजित गरेको थियो ।

जीतसँगै समूह ’क’ बाट एपीएफले ३ खेलबाट ९ अंक जोड्यो । र, एक खेल अगावै एपीएफले सेमिफाइनलमा स्थान पक्का ग¥यो । लिग चरणको आफ्नो अन्तिम खेलमा पराजित भएको आर्मीले ४ खेलमा ९ अंक जोडेको छ । आर्मीले सुरुआती ३ खेलमा लगातार जित निकालेको थियो ।  अब अन्तिम खेलमा एपीएफले प्रदेश १ सँग खेल्नेछ । उक्त खेलमा एपीएफलाई प्रदेश १ ले सोझो सेटमा पराजित गरेपनि आर्मी र एपीएफ सेमिफाइनलमा पुग्ने छ ।

प्रतियोगिता अन्तर्गत नै बुधबार समूह ’क’ को प्रदेश १ ले सुदूरपश्चिम प्रदेशलाई ३/१ को सेटमा पराजित गर्दै दोस्रो जीत निकालेको थियो । प्रदेश १ ले सुदूरपश्चिमलाई २५–२२, २५–१४, १४–२५ र २५–१३ को सेटमा पराजित गर्याे ।
जितसँगै समूह ’क’ को प्रदेश १ ले ३ खेलबाट ६ अंक जोडेको छ । सुदूरपश्चिमले ३ खेलमा जीत निकाल्न सकेको छैन । सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिसकेको छ ।

यस्तै समूह ’ख’ को प्रदेश नम्बर ५ ले प्रदेश नम्बर ३ लाई ३÷२ को सेटमा पराजित गरेको छ । प्रदेश ५ ले प्रदेश ३ माथि २५–१८, २५–१५, २३–२५, २०–१५ र १५–९ को सेटमा जीत निकालेको हो । प्रदेश ५ को यो पहिलो जीत हो । प्रदेश ५ ले ३ खेलबाट ३ अंक जोडेको छ । प्रदेश ३ को पनि ३ खेलबाट ३ अंक रहेको छ । नेपाली सेनाको आयोजनामा जारी प्रतियोगितामा ३ विभागीय टिम (त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ) सहित सात प्रदेशका गरी १० टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको विजेताले ३ लाख प्राप्त गर्दा उपविजेताले १ लाख ५० हजार र तेस्रोले ७५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले पल्सर बाइक प्राप्त गर्ने छन् । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतिक्रिया