एकल पुरूषलार्इ पनि भत्ता

बैतडी । चालू आर्थिक बर्षमा बैतडीको मेलौली नगरपालिकाले नगर साभाबाट एकल पुरुष र असहाय बालबालिकालाई भत्ता दिने निर्णय गरेको थियो । नगरपालिकाको निर्णयअनुसार नगरपालिका भित्रका तथ्यांकमा समेटिएका एकल पुरुष, र असहाय बालबालिकालाई भत्ता वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

पछिल्लो समय वृद्धवृद्धालाई वृद्धाश्रम पठाउने परिपाटी हावि भएकाले नगरपालिकाले यो निर्णय गरेको नगरपालिकाकी उपप्रमुख राधाकुमारी ओझाले बताइन् । ‘सरकारले एकल महिलालाई भत्ता दिने गर्दछ यसबाट महिलाको जिविकोपार्जन र संरक्षण त हुन्छ तर, एकल पुरुष जब सहाराविहीन हुन्छ त्यती वेला उसलाई कसैले हेर्दैन र उसको सहारा र जीविकोपार्जनको लागी भत्ता दिएका हौँ’ उपप्रमुख ओझाले भनिन् ।

नगरपालिकाभित्रका ५० वर्ष उमेर पुगेका एकल पुरुष, र १५ वर्ष मुनिका सहाराविहीन बालबालिकाले यसै आर्थिक वर्षको सुरुदेखि मासिक एक हजारका दरले भत्ता बुभ्mदै आएका छन् । नगरसभाबाट यो कार्यक्रमका लागि १५ लाख बजेट विनियोजन गरेको नगरप्रमुख कृष्ण सिंह नायकले वताए । आफूजस्ता एकल पुरुषलाई नगरपालिकाले यो ठूलो गुन लगाएको मेलौली–७ का एकल पुरुष लालमणि सिंह नायकले भने ।

नगरपालिकाभित्र ८४. एकल पुरुष, विदुर र १५ असहाय बालबालिका गरी ९९ जना रहेका छन् । दोस्रो चौमासिकसम्मको भत्ता वितरण गरिसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश ऐरीले बताए । उनले भने ‘दुई चौमासिक सम्मको एकल पुरुष र सहाराविहीन बालबालिकालाई सात लाख ९२ हजार रकम बाँडिसकेका छौँ ।’

सामाजिक सुरक्षा ऐन ०७५ मा विशेष अवस्थामा कार्यविधि बनाएर लागू गर्ने प्रावधान अनुसार नै कार्यविधि बनाएर लागू गरेको नगरपालिकाले जनाएको छ । यसरी, एकल पुरुषलाई भत्ता दिने मेलौली नगरपालिका देशकै पहिलो नगरपालिका हो ।

प्रतिक्रिया