मोदीले दिए प्रधानमन्त्री ओलीलाई रुद्राक्षको माला र चाँदीको सिक्का

काठमाडौं । भारतीय समकक्षी नेता नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुनका लागि भारत पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र मोदीबीच आज भेटवार्ता भएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीलाई समकक्षी नेता तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुद्राक्षको माला र चाँदीको सिक्का दिएका छन् । उक्त भेटवार्तामा दुईपक्षीय देशको हितका बिषयमा छलफल भएको स्रोतले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले समकक्षी मोदी र भारतीय राष्ट्रपति रामनाथ कोबिन्दलाई पनि नेपाल भ्रमणको निम्तो दिएका छन् । प्रधानमन्त्री ओली आज साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया