मोदीको सपथ ग्रहणका लागि प्रधानमन्त्री ओली भारत प्रस्थान

काठमाडौं । भारतीय समकक्षी नेता नरेन्द्र मोदीको सपथ ग्रहणमा सहभागी हुनका लागि प्रधानमन्त्री केपी शर्मा ओली बिहिबार भरात प्रत्स्थान गरेका छन् ।

प्रधानमन्त्री ओलीका साथमा उनकी धर्म पत्नी राधिका शाक्य, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई परराष्ट्रमन्त्रालयका सचिव लगायत प्रस्थान गरेका छन् । भर्खरै भारतीय लोक सभाको निर्वाचनबाट भारी मतले बिजय भएका प्रधानमन्त्री नरेन्द्र मोदी र उनको मन्त्रिपरिषद्ले आजै शपथ ग्रहण गर्दैछन् ।

मोदीले प्रधानमन्त्रीको दोस्रो कार्यकालको लागि राष्ट्रपति रामनाथ कोविन्दसमक्ष शपथ लिने छन् । भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच दुई मुलुकको हितबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया