राष्ट्रपति भण्डारीद्धारा संविधानसभाका सभासदहरु सम्मानित

काठमाडौं । पहिलो र दोस्रो संविधानसभाका सभासदहरु सम्मानित भएका छन् । उनीहरुलाई शितल निवासमा बिहीबार बिहान एक कार्यक्रम समारोहकाबिच राष्ट्रपति बिद्या भण्डारीले पदकसहित सम्मान गरेकी हुन् ।

सम्मानित हुनेहरुमा राष्ट्रपति भण्डारी आफैं, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री उपेन्द्र यादव लगायतका शिर्ष नेताहरु छन् ।

त्यस्तै पूर्वप्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र सुशील कोइराला लगायतका नाम पनि सम्मानित हुनेहरुको सूचीमा परेको छ ।

प्रतिक्रिया