गाउँपालिकाको सहयोगमा घर बनाउने आसमा गजबहादुर

धादिङ सिद्धलेक गाउँपालिका– ४ फाकफुकका ६५ वर्षीय गजबहादुर दमैले अरूको घरमा ओत लागेर दिन रात बिताएको वर्षांै भयो । अरुको घरमा बसेर गुरारा गर्ने उनको रहर होइन, बाध्यता हो । आफ्नो नाममा जग्गा धनी पुर्जा नभएका कारण उनले भूकम्प पीडितका नाममा घर बनाउन पाइने राहतसमेत बुझन पाएका छैनन् ।

आफ्नाे नाममा एक टुक्रासमेत जग्गा नहँदा ६५ वर्षीय गजबहादुरलाई निकै सास्ती खेप्नु परेको छ । आफ्नो नाममा लालपुर्जासहितको केही जग्गा होस भन्ने चाहनामा उनी त्यसै भौँतारिरहेका छन्, तर, उनको चाहना, चाहना मात्रै भयो । आम मान्छेको जस्तै थारै भए पनि आफ्नो जमिनमा वास बस्ने उनको चाहना हो ।

बि.सं.२०११ सालमा चितवन जिल्लाको दारेचोक गाविसको ढुंग्रे गाउँमा जन्मियका उनी गत १० बर्षदेखी धादिङको सिद्धलेक गाउँपालिका–४ को फाकफुकमा अर्काको जमिनमा अधियाँ खेती गरेर गुजारा गर्दै आएका छन् । आफ्नो र पुर्खाको नाममा एक टुक्रा पनि जग्गा नभएपछि आफु जिवन गुजारा गर्नकै लागि १३ बर्षको कलिलो उमेरमा चितवनको कुरिनटारमा आएर २८ बर्ष ज्याला मजदुरी गरेरर बिताएको उनले बताए । २८ बर्ष कुरिनटारमा बसरे ज्याला मजदुरी गरेका गजबहादुरले त्यहाँ पेट पाल्नबाहेक केही कमाउन सकेनन् । मान्छेले जीवनमा केही होला भनेर संघर्ष गर्न छाड्दैन उनले पनि संघर्ष गर्दै जीवनको प्रगति खेज्दै धादिङकै विशालटारमा एक वर्ष बिताए ।

कहाँ गए जीवनलाई व्यवस्थीत बनाउन सकिएला भन्दै सुरक्षित ठाउँ खोज्ने क्रममा उनी निकै भौतारिए । मान्छेले कहिले काहिँ जीवनमा साथ दिने र सुख दुखमा साथ दिने साथी भए जिवन सहज होला भन्ने अपेक्षा गर्न । उनलाई पनि जीवन गोरोटोमा साथीको आवश्यकता महसुस भयो । कम्तीमा भोग र प्यास लाग्दा दुख साट्ने साथी त हुन्छ भनेर धादिङ जिल्लाकै सलाङ गाविस–८ अर्थात् हालको सिद्धलेक गाउँपालिका–४ स्थित फाकफुककी मसली दमैसँग लगन गाठो कसे ।

बिवाह पछि मसलीकै सल्लाहमा फाकफुक भन्ने स्थानमा बसोवास गर्दै आएको गजबहादुरले बताए । ‘ बिहे पछि ससुराली गाउँमै आएर बसियो सबैले मायाँ पनी गरेका छन् । मायाले मात्रै जीनव धान्न गाह्रो हुँदो रहेछ । आप्mनो नाममा एक टुक्रा जमिन छैन । ४ छोरा २ छोरी गरी ९ जनाको परिवार छौँ । जेठो छोराको पनि बिहे भइसक्यो तर, आफू भने सुकुम्वासी नै छौँ ।’ उनले भने । उनसँग अहिले सम्पति भनेको त्यही छोरा छोरी र श्रीमती हुन् ।

०७२ सालमा गएको विनासकारी भूकम्पले उनी बस्दै आएको घर समेत बस्नै नमिल्नेगरी भत्काइ दियो । स्थानीय अर्जुन पुरीको जमिनमा बनेको घरमा बस्दै आएका गजबहादुरको घरलाई पनि भूकम्पले छाडेन । उको परिवार अहिले पनि त्यही भत्कीएको घरमा बस्दै आएका छन् । त्यो पनि कति वेला ढल्ने हो पत्तो छैन । ‘भूकम्पले बस्दै आएको घर भत्काई दियो अनी घरको माथिल्लो भाग हटाएर तल्लो भागलाई आँफैले लिपपोत गरी बस्दै आएका छौँ । वेला वेला डर लाग्छ यो पनि कति वेला ढल्ने हो भन्ने । हलिे पनि वेला वेला साना भूकम्प आइरहन्छ । तर, काल नआए मर्न गाह्रो हुँदो रहेछ त्यसैले त कयौँ पटक भूकम्प आउँदा पनि यस्तो घरमा बाँचिरहेका छौँ ।’ उनले भने ।

स्थानीय सरकार अर्थात् घर छेवैमा रहेको गाउँपालिका कार्यालय तथा वडा कार्यालयमा गएर आफ्नो पीडा सुनाउन पनि आँट नआएको उनले बताए । गजबहादुरले स्थानीय प्रेमराज पुरी र अम्वरबहादुर शाही र अन्य गाउँलेसँग आफ्ना समस्या गाउँपालिका र स्थानीय जनप्रतिनिधिसँग राखि दिन पटक पटक आग्रह गरे । नजिकबाट उनको समस्या हेरी रहेका छिमेकी ले उनको समस्या ठाउँसम्म पु¥याइदिए । स्थानीय जनप्रतिनिधिले समेत उनको समस्या बुझेका थिए । लामो समय आफ्नै गाउँमा सुकुम्वासी भएर बसेका उनको बास होस भन्ने सबैको चाहना थियो ।

उनको समस्या वडा र गाउँपालिकामा पुग्यो सबैले सहयोग गरे । अहिले सिद्धलेक गाउँपालिकाले घर बनाउनका लागि जग्गा खरिद गर्ना उनलाई २ लाख रुपैयाँ दिने निर्णय गरेको सिद्धलेक गाउँपालिका–४ नम्बर वडा अध्यक्ष रामहरी वराकोटिले बताए । वडा अध्यक्ष वराकोटिका अनुसार गाउँपालिकाले गजबहादुरलाई मात्रै होइन, सिंगो वडाभित्र रहेको उनीजस्तै भूमिहिन तथा सुकुम्बासी पहिचान र खोजी गरेको छ ।

वडा कार्यालयले आफ्नो वडा भित्र गजबहादुर मात्र सुकुम्वासी रहेको पाएको छ । उनी वास्तबिक भूमिहीन तथा सुकुम्वासी भएको पाइएकाले गाउँपालिकाले उनलाई २ लाख रुपैयाँ दिने निर्णय गरेको हो । वडा अध्यक्ष बराकोटिले भने, ‘गजबहादुरलाई जग्गा दिन इच्छा राख्नेले जानकारी गराएमा गाउँपालिकाबाट विनियोजन गरेको रकम सिधै जग्गा बिक्रिकर्ता कै बैंक खातामा जम्मा गरिदिने व्यवस्थासमेत गरेको छ ।’

गजबहादुरकै लागि वडाको पहलमा उनकै नाममा भूकम्प पीडितको भुकम्प प्रभावित् आवास पुर्ननिर्माण कार्यक्रमअन्तर्गत पुनः सर्वेक्षण निस्सामा समेत नाम समावेश गराईदिएर प्रथम किस्ता वापतको ५० हजार रुपैयाँ दिनेसमेत सम्झौता गरिसकिएको छ । यो निर्णयसँगै गजबहादुरका लागि २ लाखमा जग्गा व्यवस्थापन तथा राहतको ३ लाख बरावरको भूकम्पप्रतिरोधी स्थाई आवास निर्माण गरेरै छाडिने वडा अध्यक्ष बराकोटिले बताए । गजबहादुर र उनको परिवरारलाई आफ्नै घरमा बस्ने वातावरण बनाउने वडा र गाउँपालिका कार्यालय लागेको छ । यसले गजबहादुरको परिवारलाई खुसी पनि बनाएको छ ।

गजबहादुरले भने उक्त स्थानमा २ लाख रुपैयाँमा जग्गा व्यवस्थापननै गर्न नसकिएको बताए । ‘गाउँमा कयौँ पटक छलफल गरियो, स्थानीय जनप्रतिनिधी, बुद्धिजीवि तथा भद्र भलाद्धमी र गाउँले समेत बसेर छलफल गर्दासमेत हालसम्म जग्गाको व्यवस्थापन हुनै सकिएको छैन ।’ उनले भने ।

हाल आफू बसोवास गर्दै आएको घरमासमेत जग्गाधनीले कुखुरा पालन गर्न खोर निर्माण गर्न थालेपछि निक्कै चिन्ता लागेको गजबहादुरले बताए । आर्थिक अवस्था निकै कमजोर भएका र उमेरसमेत ढल्कीसकेका गजबहादुरले राज्य तथा विभिन्न संघ संस्था तथा सहयोगी निकायसँग यसका लागि सहयोग गरिदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया