काठमाडौं । मे २५ अर्थात् विश्व थाइराइड दिवसको अवसर पारेर नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ ।
ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रा.लि, काठमाडौं डाइबेटिज एन्ड थाइराइड सेन्टर र लाइन्स क्लव अफ काठमाडौं अल्काले संयुक्त रूपमा ¥याली निकालेको हो । अल्का अस्पतालबाट सुरु भएको ¥याली जावलाखेल, कुमारीपाटी, मंगलबजार, पुल्चोक हुँदै पुनः अल्का अस्पतालमा नै पुगेर समापन गरिएको थियो । विश्व थाइराइड दिवसका अवसरमा अल्का अस्पतालले बिहान ९ बजेबाट अपरान्ह ४ बजेसम्म निःशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गरेको थियो ।
पछिल्लो समय नेपालको कुल जनसंख्यामध्ये ४ दशमलव ५ प्रतिशत मानिसलाई थाइराइड रहेको चिकित्सकहरूले बताएका छन् । नेपालमा थाइराइड बढ्नुको मुख्य कारण दैनिक जीवनमा प्रयोग हुने नुनमा आयोडिनको मात्रा धेरै रहेको डाक्टर अंशुमाली जोशीले बताइन् । शरीरमा आयोडिन थोरै वा धेरै हुँदा थाइराइड ग्रन्थीहरूलाई असर गर्ने उनले बताइन् । थाइराइड पहिचानका लागि रगत परीक्षण, थाइराइड स्क्यान, भिडियो एक्सरे गर्नुपर्ने हुन्छ ।
थाइराइड रोग के हो ?
मानव शरीरमा रहेको रुद्रघण्टीको तलतिर रहने ग्रन्थीलाई थाइराइड ग्रन्थी भनिन्छ । यो पुतली आकारको हुन्छ । या ग्रन्थीले हर्मोन उत्पादन गर्ने गर्छ । यो हर्मोनले शरीरमा मोटावोलिजम नियन्त्रण गर्छ । थाइराइडलाई पिट्युटरी ग्रन्थीले नियन्त्रण गर्छ । यी हर्मोनहरूको शरीरको वृद्धि विकासमा अहम् भूमिका हुन्छ । थाइराइड ग्रन्थीमा देखिने समस्याबाट हर्मोन उत्पादनमा असन्तुलन हुन्छ र रोग लाग्छ त्यो रोगलाई थाइराइड रोग भनिन्छ ।
प्रतिक्रिया