विद्यालय बन्द विद्यार्थी आन्दोलित

अर्घाखाँची । जिल्लाको सितगंगा नगरपालिका–७ जुकेना सिवादहमा रहेको शिवादह माविमा बिहीबारदेखि बिधार्थीले पठनपाठन पूर्ण रूपमा ठप्प पारी आन्दोलित भएका छन् ।

कक्षा १० मा अध्ययन गर्ने छात्र कृष्ण केसीले भने, ‘शौचालय निमार्णको लागि विद्यालयलाई वजेट परेको थियो तर पनि सम्झौता भएन वडा कार्यालयवाट सिफारिस नहुँदासम्म हामीले विद्यालय खोल्दैनौ वडा कार्यालयमा पनि जाने तयारीमा छौँ ।’

नयाँ टवाइलेट तथा मन्दिर निमार्णको लागि नगरपालिका र वडाबाट विनियोजित १० लाख वजेटको काम अगाडि बढाउन वडा अध्यक्षले सिफारिस रोक दिएपछि विद्यालय वन्द गर्नु परेको बिधार्थी बताउँछन् ।

त्यस विधालयका पुर्व प्रधानध्यापक गिरी वहादुर थापा स्रोत ब्यक्ती बनेपछि कृष्णप्रसाद भट्टराई विधालयको प्रअ वने । सरकारले श्रोत ब्यक्ती नराख्ने नयाँ निती ल्याएसँगै पूर्व त्यस विधालयका प्रअ गिरीबहादुर थापा पुनः त्यही विधालयमा हाजिर भई करिव २ महिना अगाडिबाटै शिक्षण सुरु गरेका थिए । उनी पुन विद्यालयको प्रअ हुन खोजेपछि दुवैतर्फ सरोकारवाला विभाजित भएपछि विवाद चुलिएको स्थानीयको भनाइ छ ।

प्रअ को बन्ने होडबाजी भएपछि विद्यालय व्यवस्थापन समिति अभिभावक विद्यार्थीसमेत विभाजित भएका हुन । वडा अध्यक्ष रिसी रेग्मीले भने, ‘विद्यालयको पूर्वाधार निमार्ण गर्न नै वजेट विनियोजन गरिएको हो सिफारिस नदिने त कुरै भएन । प्रअ सिफारिस लिन आएकामा म नगरकार्यपालिकाको बैठकमा थिए अव विद्यालयका अरू केही समस्याहरू पनि छन तिनीहरूलाई छलफल गरी विद्यालय खुल्छ ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर परियार भने, ‘विद्यालयमा प्रअको विवादले विद्यालय बन्द भयो योजना सम्झौताको सिफारिस नभएसम्म विद्यार्थी र अभिभावकले मानेनन् अब निकास निस्कन्छ ।’

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया