लक्ष्मी न्यौपानेलाई ज्वरो आयो

पर्वत । ‘माया तिम्रो गरेर फिक्री, आउँछ ज्वरो एक सयचार डिग्री’ मायाका यस्तै शब्द कोरिएको गीत लिएर लोकगायिक लक्ष्मी न्यौपाने (रेग्मी) बजारमा आएकी छिन् ।

लामो समयसम्म नेपाली लोक सांगीतिक क्षेत्रमा राज गरेकी गायिका न्यौपाने आफ्नो नयाँ गीत ‘लै बरी लै’ को साथमा बजारमा आएकी हुन् । पछिल्लो समय उनले तीजमा मात्र गीत बजारमा ल्याउने गरेकामा उनले बजारमा चलिरहेका नाच्न मिल्ने गीतकै शैलीको गीत सार्वजनिक गरेकी हुन् ।

गीतमा न्यौपाने आफैँले र उनका श्रीमान झलक रेग्मीले स्वर दिएका छन् । म्यूजिक भिडियोको निर्देशन स्मृति तिमिल्सिनाले गरेकी छिन् भने सुरेस श्रेष्ठको छायांकन रहेको छ । गीतको म्यूजीक भिडियोमा सन्दिप न्यौपाने र करिश्मा ढकालले गरेका छन् । आफू समय समयमा गीतहरु बजारमा नल्याएको कारण आफूलाई सांगीतिक क्षेत्रबाट हराएको भन्न नमिल्ने उनको भनाई छ । ‘म हराएकी छैन । बेला बेलामा गीत ल्याएकी छु, स्रोता र दर्शकको माझमा नै छु’ न्यापानेले भनिन् ।

प्रतिक्रिया