विद्यालयलाई स्टेचर र उपचार सामग्री वितरण

दैलेख । दैलेखको भैरवी गाउँपालिकाले गाउँपालिकाभित्र रहेका विद्यालयमालाई स्टेचर र प्राथमिक उपचार सामग्री वितरण गरेको छ ।

भैरवी गाउँपालिकाका ४४ विद्यालयलाई पाँच लाखको सामग्री खरिद गरी वितरण गरिएको जनाइएको छ । स्वास्थ्य संस्थामा मात्र उपलब्ध भएको स्टेचर र प्राथमिक उपचार सामग्री अहिले विद्यालय स्तरसम्म आकस्मिक घटना सहजताका लागि गाउँपालिकाले स्वास्थ्य सामग्रीे उपलब्ध गराएको हो । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी सबै विद्यालयलाई स्टेचर उपचार सामग्री हस्तान्तरण गरेको छ ।

औषधि उपचारमा समस्या नहोस् भन्ने उद्देश्य राखी वितरण गरिएका सबै औषधिको नाम त्यसले गर्ने उपचारका बारेमा अंग्रेजी र नेपालीबाट समेत लेखिएको पर्चासमेत दिइएको, गाउँपालिका अन्तर्गतका विद्यालयस्तरमा सामग्री वितरणले तत्काल प्राथमिक उपचारदेखि अस्पताल, स्वास्थ्यचौकीसम्म बिरामी लिन सहज हुने स्वास्थ्य प्रमुख शमशेर विष्टले बताए ।

वितरण गरिएका सामग्री, प्राथमिक उपचार विद्यालयमा स्वास्थ्य पढाउने शिक्षकको मातहतमा रहने र बिरामी हँुदा ज्वरो, पखाला, ग्याटिक, बेन्डिज, घाउचोटपटक लगायतका धेरै औषधि निःशुल्क रूपमा दिने बताइएको छ, स्वास्थ्य क्षेत्रमा विद्यालय मात्रै नभई जनतालाई समेत सहज होस् भनेर शिविरदेखि सामग्रीसमेत वितरण गर्ने कार्ययोजना बनाएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले बताएका छन् भने विद्यालयस्तरबाट स्थानीय सरकारले गरेको लगानी प्रत्याभूति गराउनका लागि यस्तो कार्यक्रम बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन देवकोटाको भनाइ छ । विद्यालयमा स्टेचर र उपचार सामग्री वितरणले शिक्षक, विद्यार्थीले निकै राम्रो सुविधा पाउने हिमालय माध्यमिक विद्यालय डाँडीमाडीका प्रधानाध्यापक वशाखर जैसीले बताए ।

प्रतिक्रिया