योगा युनिभर्सिटी अफ दि अमेकिाको दिक्षान्त समारोह १६  जेठमा

काठमाडौं । योगा युनिभर्सिटी अफ दि अमेकिाजले यही जेठ १६ गते अर्थात मे ३० तारिखमा काठमाडौंमा २०१९’ दिक्षान्त समारोह गर्ने भएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा विश्विद्यालयले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो । संयुक्त राज्य अमेरिकाको फ्लोरिडामा रहेको उक्त विश्वविद्यालयले आफ्नो पहिलो दिक्षान्त समारोह नेपालको काठमाडौंस्थित् नेपाल प्रज्ञा भवनमा अपरान्ह ३ बजे गर्न लागेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै विश्वविद्यालयका भाईस चान्सलर डा. योगी देवराजले उक्त दीक्षान्त समारोहमा विश्वका ७ भन्दा बढि राष्ट्रका ख्याँतिप्राप्त व्यक्तित्वहरु, भाईस चान्सलरहरु, योगा च्याम्पियनहरु र अन्तर्राष्ट्रिय व्यक्तिहरुको सहभागिता रहने जानकारी दिए ।

उनकाअनुसार योगा युनिभर्सिटी अफ द अमेकिाजले योगाको माध्यमबाट विश्वभरि ‘हेल्थ–कल्चर’ लाई फैलाएको छ । उक्त दीक्षान्त समारोहमा विश्वविद्यालयले विद्यावारिधि, मानार्थ डक्टरेट, एम.फिल र एम.एस डिग्री हाँसिल गर्नेलाई दिक्षित गर्ने पनि उनले जनाए । यसका अलवा विश्विद्यालयले उक्त समारोहका दिन लाईफ टाईम एचिभमेन्ट र भारथ संस्कृति भुषण अवार्डपनि प्रदान गरिने डा. देवराजले जानकारी दिए । उनले भने,‘हाम्रो विश्वविद्यालयले योगाको माध्यमबाट विश्वभरिनै हेल्थ कल्चरबारे ग्लोबल अवेरनेश कार्यक्रम चलाउँदै आएको छ । हामीले भक्ति योगा, कर्मा योगा, न्यान योगा, नादा योगा, नृत्य योगा, अध्यात्म योगा र पतञ्जली अष्टाङ योगापनि गर्दै आएका छौं ।’

दिक्षान्त समारोहमा उपस्थित् हुने विद्यार्थीहरुलाई ‘सर्टिफिकेट अफ पार्टिसिपेशन’ र विभिन्न कलेजहरुलाई ‘लेटर अफ एप्रिसिएशन’ प्रदान गरिनेछ ।

कार्यक्रममा विश्वविद्यालयका ईष्ट ईण्डिया र नेपालका निर्देशक गोवद्र्धन प्रसाद अटलले दिक्षान्त समारोहमा ८० भन्दा बढि विद्यार्थीहरु दिक्षित हुने जानकारी दिए ।

कार्यक्रममा विश्वविद्यालयका काठमाडौं संयोजकत्रय पण्डित वासुदेवकृष्ण शास्त्री, डा. हरिप्रसाद पोखरेल र जय किसन सर्दाले पनि दिक्षान्त समारोह भव्य रुपमा सञ्चालन हुने विश्वास दिलाए । उनीहरुले आफूहरुको नेतृत्वमा दिक्षान्त समारोह समिति बनाएको पनि जानकारी दिए ।

त्यस्तै, रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले दिक्षान्त समारोहलाई सफल तुल्याउनको लागि आफूहरुको तर्फबाट सक्दो सहयोग हुने विश्वास दिलाए । धमलाले नेपालमा हुने योगासम्बन्धीको पहिलो दिक्षान्त समारोह भएकोले उल्लेख्य रुपमा सहभागिता जनाउन आग्रह समेत गरे ।

दिक्षान्त समारोह नेपालमा गर्नुको मुख्य उद्देश्यभ नेको भारतपको अलावा सनातन धर्मको मुख्य सूत्र नेपाल भएकोले र धेरै ऋषिमुनिहरुको पनि ध्यान क्षेत्र नेपाल भएकोले यहीँ दिक्षान्त समारोह गर्न लागेको विश्वविद्यालयले विश्वास दिलाएको छ ।

भाईस चान्सलर डा. देवराजले भने,‘मानवीयताको लागि गोरखनाथ, नहरिनाथजस्ता ऋषिहरुको मुख्य योगदान छ । विश्वकै अग्रणी योगा विश्वविद्यालय भएकोले आफूहरुले नेपालमा दिक्षान्त समारोह आयोजना गरेर विश्वभरि नै योगाको महत्व दर्शाउन खोजेका छौं ।’ शान्ति र सद्भाव विश्वभरि फैलाउने विश्वविद्यालयको उद्देश्य छ ।

प्रतिक्रिया