हाई अल्टिच्युट ट्राई एडभेन्चरमा आर्मी च्याम्पियन

काठमाडौं । दोस्रो प्रधानसेनापति हाई अल्टिच्युट ट्राई एडभेन्चर च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लब पहिलो भएको छ ।
मुस्ताङको जोमसोममा भएको क्लाम्बिङ, दौड र साइक्लिङ सम्मिलित च्याम्पियनसिपको पुरुषतर्पm आर्मीको ‘ए’ टोली पहिलो भएको हो । उक्त हाई अल्टिच्युट ट्राई एडभेन्चरमा क्लाम्बिङ (१०० मिटर ), दौड(४.७५ किलोमिटर) र साइक्लिङ(१५.१५किलोमिटर) गरी कुल २०.२ किलोमिटर दूरी आर्मीको ‘ए’ टोलीले १ घन्टा १९ मिनेट ४२ सेकेन्डमा पूरा गर्दै उपाधि आफ्नै विभागमा सुरक्षित गरेको हो ।

दुई खेलाडी सम्मिलित टोलीमा वसन्त थारु र हिमाल टमटा थिए । सशस्त्र प्रहरी बलको एपिएफ क्लब सोही दूरा १ घन्टा १९ मिनेट ५२ सेकेन्ड पूरा गर्दा दोस्रो स्थानमै खुम्चिएको थियो । एपिएफको टोलीमा किरण मल्ल र लक्ष्मण मल्ल थिए । तेस्रो स्थानमा पनि आयोजक आर्मीको ‘बी’ टोलीले प्राप्त गर्दा १ घन्टा २४ मिनेट १९ सेकेन्डमा पूरा ग¥यो । उक्त टोलीमा दीपक भण्डारी र प्रताप थापाले चुनौती प्रस्तुत गरेका थिए ।

पुरुषतर्पm शीर्ष तीन टोलीले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ प्राप्त गरे । ट्राई एडभेन्चरमा सबैभन्दा पहिले जोमसोममा रहेको रक क्लाम्बिङ गरेर जोमसोमदेखि एकलभट्टी दौड गरिएको आर्मीका ट्राइ एडभेन्चरका प्रशिक्षक राजिब चन्दले जानकारी दिए । १५ किलोमिटर साइक्लिङ भने कालिगण्डकी हुँदै जोमसोमबजार धुम्बालेक बाट मार्पmा हुँदै जोमसोममै आएर टुंगिएको थियो ।

सोही दूरीको महिलातर्पm भने सोनी गुरुङ र निर्जला ताम्राकार सम्मिलित एपिएफको टोली च्याम्पियन भयो । एपिएफले उक्त दूरी पूरा गर्न १ घन्टा ४५ मिनेट ५४ सेकेन्ड समय खर्चियो । दोस्रो स्थान विभागभन्दा बाहिरको टोली प्राप्त गर्दा हिमालयन गोट्स सफल भयो । उषा खनाल र हुमी बुढा सम्मिलित गोट्सले एक घन्टा ५२ मिनेट ३० सेकेन्डमा उक्त दूरी पूरा ग¥यो ।

लक्ष्मी मगर र केसरी मगर सम्मिलित आर्मीको टोली तेस्रो स्थानमा खुम्चिँदा १ घन्टा ५३ मिनेट १६ सेकेन्डमा दूरी पूरा ग¥यो । महिलातर्पmका शीर्ष तीन टोलीले १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । उक्त प्रतियोगितामा कुल २० टोलीले प्रतिस्पर्धा गरेको हाई अल्टिच्युट ट्राई एडभेन्चर च्याम्पियनसिपका डाइरेक्टरसमेत रहेका चन्दले जानकारी दिए ।

प्रतियोगितमा विजेता खेलाडीलाई पश्चिमी प्रतनापति काजीबहादुर खत्री र सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयका महानिर्देशक उपरथी शशीबहादुर सिंहलगायतले पुरस्कृत गरे ।

प्रतिक्रिया