नेवानीकोः इतिहास र व्यापार

तत्कालीन शाही नेपाल वायुसेवा निगम (शानेवानी) ले हाल आप्mनो नाम छोट्याएर नेपाल वायुसेवा निगम (नेवानी) बनाएर अघि बढेको छ । यसपछि केही प्रगति गर्न खोजेझैं नि लाग्छ । तर, नेपालमा जे काम गर्दा पनि कामसँगसँगै कमिसन र भ्रस्टचारको खेल पनि सँगसँगै हुने भएकोले जे काम पनि सोचे जसरी सहज ढंगले हुन सक्दैन ।

त्यसमाथि विश्वभरि नै चलेको कानुनीरूपमै आउने-पाउने कमिसनले मात्रै नेपालीहरूलाई नेपालीहरूलाई पुग्दैन । त्यही भएर भ्रष्टचार र घुसखोरी पनि गर्नुपर्ने हुन्छ । सायद हालको नेवानी पनि यही कारणले गर्दा नै अलि बढी चर्चामा छ । केही समयअघि तालुकवाला मन्त्री माननीय रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परेर दुःखद अन्त्य भएको छ । उहाँको आत्माले शान्ति पाओस भनी हार्दिक श्रद्घाञ्जलि व्यक्त गर्दछु । स्वर्गीय रवीन्द्र आधिकारी अन्त्यसँगै नेवानीमा भ्रस्टाचार भयो ? भनी चलेको चर्चाको पनि अन्त्य होला ? यो बबुरो पंक्तिकारले यसै भन्न सक्दैन ।

यहाँ केही महिना अघिदेखि नेपाल वायुसेवा निगम (नेवानी) बारे मिडियाका विभिन्न माध्यममा भ्रस्टचार भएको भनी चलेको चर्चा परिचर्चा बारे केही टिप्पणी गरिनेछ । नेवानीले गत वर्ष दुईवटा मध्यम खालका एयर बस (वाइडबडी) जहाज खरिद गरेपछि चर्चा सुरू भएको हो । नेवानीले त्यसरी वाइडवडी जहाज ल्याउनु आपैmँमा धेरै राम्रो हो । तापनि दुईवटा एयर बस (वाइडबडी) जहाज खरिद प्रक्रियामा भने भ्रस्टचार भएको भनी प्रश्न उठेको छ ।

खासमा ०७१-०७२ को आर्थिक वर्षको बजेट भाषणमा तत्कालीन अर्थमन्त्रीले नेपाल वायुसेवा निगम (नेवानी) का लागि आन्तरिकतर्पm १५ वटा र अन्तर्राष्ट्रियतर्पm सातवटा नयाँ हवाईजहाज थप्ने कुरो पारेपछि नेवानीका बारेमा बढी नै चर्चा सुरू भएको थियो । २०७३ मा नेवानीले अन्तर्राष्ट्रिय उडानका लागि मध्यम खालको (वाइडबडी) जहाज किन्ने निर्णय ग¥यो । सोही वर्षको माघको पहिलो हप्तामा वाइडबडी जहाज खरिदका लागि टेन्डर माग गरियो ।

११ वटा विभिन्न कम्पनीले टेन्डर हालेका थिए । त्यसमध्ये कन्सोर्टियम नामक कम्पनीसँग नेवानीले समझदारी ग¥यो । माघ महिनाको अन्तिम हप्तामा १० लाख बैना रकम भने आई प्mलाई नामक अर्कै कम्पनीलाई पठाइयो । यसरी नेवानीमा अनियमितता र भ्रस्टाचार भएको आशंकामा हाल अनेक झमेला भइरहेको छ । संसदीय उपसमितिको पछिल्लो छानबिनमा लगभग ५ अर्ब रकम हिनामिना भएको भनी आप्mनो प्रतिवेदन दिएको थियो । भलै संसदीय उपसमिति पनि विवादरहित हुन सकेन ।

ईस्वी सन्को १ जुलाई, १९५८ मा स्थापना भएको तत्कालीन शाही नेपाल वायुसेवा निगम (शानेवानी) लाई ०६२६३ को दोस्रो जनआन्दोलनपछि नाम फेरेर नेपाल वायुसेवा निगम (नेवानी) बनाइएको हो । हुन त अभैm पनि अधिकांश मानिसले नयाँ नाम नेवानी भनेर भन्दा पनि पूरानो नाम शानेवानी भनेर नै चिन्छन् वा भनौं नाम बोलाउँछन् । नेपाली आकाशमा संस्थागत रूपले व्यवसायिक रूपमा विमान अर्थात् हवाईजहाज भित्रिएको इतिहास हेर्दा शानेवानीले आप्mनो स्थापनाको लगत्तै २६ सिट क्षमताको डग्लस (डिसी–३) डकोटा भित्र्याएको देखिन्छ ।

सो विमानले नै नेपालमा हवाई यात्रुहरूलाई नियमित रूपमा व्यवसायिक सेवा दिन सुरू गरेको थियो । यसरी तत्कालीन शानेवानीले व्यवसायिक रूपमा उडान सुरू गरे लगत्तै आप्mनो विमान संख्या पनि बढाउँदै लग्यो । फलतः २६ सिट क्षमताको डग्लस (डिसी–३) डकोटा भित्र्याएको लगभग ३ वर्षपछि दोस्रो विमानको रूपमा सन् १९६१ मा पिलाटस पोर्टर (पिसी–६) भित्र्याएको थियो । त्यस्तै तेस्रो विमानको रूपमा आप्mनो स्थापनाको लगभग ५ वर्षपछि सन् १९६३ मा १२ सिट क्षमताको फोङ शु हार्भेस्टर (एएन–२) ल्याएको थियो । जुन विमान चिनियाँ विमान थियो । यो विमान छोटो समय अर्थात् सन् १९६५ सम्म मात्रै चल्यो ।

शानेवानीको इतिहास हेर्दा सन् १९६६ मा चौथो विमानको रूपमा ४४ सिट क्षमताको फोकर (एफ–२७) ल्याएको थियो । त्यस्तै पाँचौं विमानको रूपमा सन् १९७० मा ४४ सिट क्षमताकै हकर सिड्ले (एचएस–७४८) एभ्रो भित्र्याएको थियो । यसरी व्यवसायिक उडान विस्तार गर्ने र, विमान थप्ने क्रममा सन् १९७१ मा त्यो वेला पहाडी रुटमा निकै चल्तीमा रहेको १९ सिट क्षमताको ट्वीनअट्टर विमान पनि भित्रियो । हो, यही विमान भित्र्याएपछि नै हालको नेवानीले नेपालका धेरै पहाडी जिल्लाहरूमा आप्mनो सेवा विस्तार गरेको हो । विश्व इतिहासमा विमान उडानको धेरै लामो समयपछि सन् १९७२ मा नेपालमा पनि बोइङ युगको सुरुवात भयो । किनभने, नेवानीले आफ्नाे स्थापनाको लगभग १४ वर्षमा ठूलो आकारको वा भनौं त्यो बेलासम्म धेरै यात्रु बोक्ने क्षमता भएको बोइङ विमान पनि भित्र्यायो ।

लगभग ६१–६२ वर्षको इतिहास भएको नेवानीमा बीचको समयमा धेरै राम्रो प्रगति हुँदै गएको थियो । तर, दुःखको कुरो, सन् १९८९÷९० को पहिलो जनआन्दोलनसँगै तत्कालीन शाही नेपाल वायुसेवा निगम (शानेवानी) प्रगतिमा अधोगति सुरु भयो । अर्थात् निगमसँग चालु हालतमा भएका विमानहरू बेच्दै भाडामा लिने प्रचलनको सुरूवात भयो । त्यस क्रममा धमिजा कान्ड, लाउडा कान्ड, गरूडा कान्ड, चेज एयर कान्ड लगायत अनेकौँ कान्डहरू भए, तत्कालीन शानेवानीमा ।

पछिल्लोपटक नेवानीले किनेको दुईवटा वाइडबडी अर्थात् मध्यम खालका एयरबसका बारेमा पनि अनेक टीकाटिप्पणी, छानबिन, प्रचारबाजी, भ्रस्टचार भएको, नभएको आदि बारे मिडियाका विभिन्न माध्यम र राजनैतिक दलमा चर्चा परिचर्चा चली नै रहेको छ । दुईवटा वाइडबडी अर्थात् एयरबस किन्ने क्रममा व्यापक भ्रस्टचार भएको, खरिद प्रक्रिया नमिलेको, विमान किन्न नक्कली कम्पनी खडा गरेको लगायत विषयमा नेपालका विभिन्न हरू अनेक टीकाटिप्पणी र समाचार आएपछि संघीय सरकारअन्तर्गत रहेको संसदीय उपसमितिले पछिल्लोपटक छानबिन गरेको थियो ।

त्यसरी संसदीय उपसमितिले छानबिन गर्ने क्रममा वाइड बडी जहाज खरिद गर्ने क्रममा लगभग चार अर्ब रकम भ्रस्टाचार भएको भनी आफ्नाे अध्ययन प्रतिवेदन सार्वजनिक गर्यो । त्यसैले अबका दिनमा हालको नेपाल वायुसेवा निगम (नेवानी) लाई धेरै उन्नति वा प्रगतिको दिशामा लान नसके तापनि कम्तीमा विगतमा शानेवानी हुँदाको अवस्थामा पु¥याउन के गर्ने ? कसो गर्ने ? त्यसतर्पm हामीले सोच्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ ।

हालको अवस्थामा नेवानीको सुनामभन्दा पनि बदनाम हुँदै गएको जस्तो देखिए तापनि केही दिनअघि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सन्दर्भ स्रोत मान्दै प्रकाशित भएको समाचारअनुसार नेवानीले सन् २०१८ भरि नेपालमा उडान भर्ने÷गर्ने विश्वका विभिन्न देश र नेपालका निजी क्षेत्रका एयरलाइन्सहरू गरेर ३० वटा एयरलाइन्सहरूले छिमेकी देश भारत लगायत विभिन्न देशमा अन्र्ताराष्ट्रिय उडान गर्दे आएकोमा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय यात्रु ओसार्न सफल एयरलाइन्स नेवानी भएको छ । जुन समाचार हामी सबै नेपालीहरूका लागि गर्व गर्न लायक विषय हो ।

किनभने, नेवानी नेपालको राष्ट्रिय ध्वजावाहक एयरलाइन्स पनि हो । सो समाचारमा जनाइएअनुसार सन् २०१८ मा नेवानीले जम्मा (नेपाल ओहोर दोहोर गर्ने) चार लाख ९१ हजार ९ सय ७९ जना यात्रु ओसारेको थियो । समाचारमा उल्लेख भए अनुसार नेवानीले सन् २०१८ मा ३ हजार ५ सय ३४ अन्तर्राष्ट्रिय उडान गरेको थियो भने सो उडानबाट २ लाख २४ हजार यात्रुलाई विभिन्न देशको गन्तव्यमा लगेको थियो । त्यस्तै २ लाख ४७ हजार यात्रुलाई विभिन्न देशको गन्तव्यबाट नेपाल भित्र्याएको थियो ।

त्यसपछि सन् २०१८ मा नेपालमा धेरै विदेशी यात्रु ओसार्ने एयरलाइन्स भारतको निजी क्षेत्रको जेट एयर थियो । जेट एयरले ४ लाख ५० हजार ९ सय ९४ जना यात्रु ओसारेर दोस्रो भएको थियो । त्यस्तै, कतार एयरवेजले ३ लाख ९९ हजार यात्रु ओसारेर तेस्रो भएको थियो । नेवानीले असल नियत भएको तालुकवाला मन्त्री र व्यवस्थापन पाएमा नेपालको अन्तर्राष्ट्रिय हवाई उडानको बजारमा तत्कालै लगभग २५ देखि ३५ प्रतिशतसम्म हिस्सा ओगट्ने देखिन्छ ।

प्रतिक्रिया