महिला लघुवित्तको पहिलो साधारणसभा

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रथम साधारण सभा सम्पन्न भएको छ । साधारणभाले आउँदो चार वर्षका लागि वर्तमान कार्य समितिलाई निरन्तरता दिने निर्णय सर्वसम्मतिले पारित गरेको छ ।

साधारणसभाको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य तुल्सी थापाले सो संस्था निकै दुख गरेर यहाँसम्म ल्याएकोले यसलाई आउने दिनमा अझ राम्रो बनाउन मिहेनत धेरै मिहेनत गर्नु पर्ने बताईन् । कार्यक्रमा अर्की सांसद जुली महतोले पुन निर्वाचित कार्यसमितिलाई बधाइ तथा शुभकामना दिँदै संस्थाको सफलताको कामना गरिन् ।

साधारणसभामा संस्थाको अध्यक्ष तारा कुँवरले आर्थिक वर्ष ०७४÷७५ को वार्षिक प्रतिवेदन, कार्ययोजना र उदेश्य प्रस्तुत गरेकी थिएन । उनले प्रस्तुत गरेको सबै प्रतिवेदन सर्वसमितिले पास गरेको छ । संस्थाले हाल देश भरी ३३ हजारभन्दा बढी महिलाको बीचमा काम गरिरहेको उनले बताइन् ।

देशभरी गरेका काम बारे संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले जानकारी गराए । आउने दिनमा तयसलाई अझै बिस्तार गरेर लैजाने न्यौपानेले बताए । कार्यक्रममा महिला अधिकार तथा विकास केन्द्रमा लामो समय रहेर काम गरेकी लक्ष्मी अर्याललाई सम्मान गर्दै उपचारका लागि केन्द्रको तर्फबाट पचास हजार रुपैयाँको चेक सांसद तथा संस्थाकी अध्यक्ष तुल्सी थापाले प्रदान गरिन् । अर्याल केही समय अघि दुर्घटनामा परी उपचाररत छिन् ।

२०५० सालमा स्थापना गरिएको महिला अधिकार तथा विकास केन्द्रको सक्रियतामा १८ वर्ष अघिदेखि विभिन्न ठाउँमा लघुवित्त काम गर्दै आएको उक्त संस्थाले एक वर्ष अघि मात्रै राष्ट्र बैंकबाट लघुवित्त कार्यक्रम सञ्चान गर्न महिला लघुवित्त वित्तीय संस्था सञ्चालनको अनुमति पाएको हो । संस्थाले महिला समूह बनाइ बिना धितो कर्जा लगानी गर्दै आएको छ ।

प्रतिक्रिया