शिक्षक लाइसेन्सको विज्ञापन वैशाखमै हुने

काठमाडौं । शिक्षक सेवा आयोगले वैशाख महिनाभित्र शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) परिक्षाको विज्ञापन गर्ने तयारी गरेको छ । आयोगका प्रशासकीय प्रमुख तुलसीप्रसाद थपलियाले परिक्षा सूचना जारी गर्ने तयारी अन्तिम चरणमा पु¥याएको बताउँदै महिनाको अन्त्यसम्ममा विज्ञापन गर्ने जानकारी दिएका हुन् । आयोगले यो वर्ष पहिलोपटक विषगत परिक्षालिने तयारी गरेको छ भने, अनलाइन मार्फत फारम भर्ने प्रणालीको शुभारम्भ गरेको छ ।

थपलिया भन्छन ‘हामीले अनलाइन मार्फत फारम भर्ने व्यवस्था ल्याएका छौैं । यही कारण पनि विगतको वर्षभन्दा परिक्षाको मिती निर्धारण गर्न केही ढिला भएको हो । यो प्रंणालीले काममा चुस्तता ल्याउनुका साथै आवेदनकर्ता र कर्मचारीलाई समेत सजिलो बनाउँने अपेक्षा राखेका छौं ’। उनले अनलाइनमार्फत फारम भर्ने प्रणालीले जनशक्ति कम लाग्नुका साथै खर्चसमेत तुलनात्मक रुपमा कम हुने जवाफ दिएका छन् ।

उनले अनलाइन मार्फत फारमको शुल्क भुक्तानी गर्ने तयारी गरेता पनि तत्काल लागु गर्न नसकिएको बताए । परीक्षार्थीले बैंकमा बुझाएको भौचरको स्क्यान गरेर फारम सँगै अनलाईन मार्फत् बुझाउने प्रणालीको विकास गर्न लागिएको उनको भनाई छ । उनले भने ‘फारमसंगै भौचर शुल्क अनलाइनबाट तिर्न मिल्ने व्यवस्था गर्न लागेका थियौं । तत्काल सम्भव नहुने देखियो । संभव भएपछि, भौचर स्क्यान गरेर फारम भर्ने व्यवस्था गर्नेछौं’ उनले भने ।

आयोगले विगतका समयमा लागुहुदै आएको लाइसेन्सको परिक्षाको व्यवस्थालाई परिमार्जन गर्दै विषयगत रुपमा परिक्षा दिनेप्रणालीको सुरुवात गरेको छ । यो वर्षबाट निमावि र मावि तहमा अध्यापन गराउने शिक्षकले आफुले अध्यापन गर्र्दै आएको विषयमा मात्रै परिक्षा दिन पाउनेछन । आयोगले विषयगत रुपमा शिक्षकलाई दक्ष र क्षमतावान बनाउँनुका लागि यस्तो प्रणालीको सुरुवात गर्न लागेको हो । यो नियम प्राथमिक तहका शिक्षकमा भने लागु नहुने आयोगले जनाएको छ । उनीहरुले भने नेपाली, गणित र अंग्रेजीको लागि एउटै परिक्षा दिनुपर्ने व्यवस्था रहेको छ ।

यसैबीच, शिक्षक सेवा आयोगले २०७३ मा लाइसेन्सको परिक्षा संचालन गरेको थियो । हालसम्म, आयोगले निमाबि, मावि र प्राथमिक तहमा गरि झन्डै सात लाख बढीलाई लाइसेन्स दिइसकेको जानकारी दिएको छ ।

प्रतिक्रिया