‘मन्द मन्द’ बन्ने

काठमाडौं । राजबहादुर सानेको लेखन र निर्देशनमा सस्पेन्स कथामा आधारित चलचित्र ‘मन्द मन्द’ निर्माण हुने भएको छ । चलचित्रमा अभिनेता विनय श्रेष्ठ, प्रमोद अग्रहरि र रविन्द्र झा अनुबन्धित भइसकेका छन् भने केही कलाकारको छनोट कार्य भइरहेको निर्माण पक्षले जानकारी दिएको छ ।

रुद्राक्ष फिल्मस्को ब्यानरमा रुद्र खनाल कार्यकारी निर्माता रहेको उक्त चलचित्रको छायांकन वैशाख तेश्रो साताबाट सुरु हुने जनाइएको छ । टेकराज रेग्मी र कमल गिरी निर्माता रहेको चलचित्र काठमाडौं, नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत, कालिकोट हुँदै जुम्ला र मुगुका विभिन्न रमणीय स्थानमा छायाकंन गरीने निर्देशक सानेले जानकारी दिए ।

दिव्यराज सुवेदीले छायाकंन गर्ने उक्त फिल्मका गीतको कोरियोग्राफर रामजी लामिछानेले गर्नेछन् । सोही ‘मन्द मन्द’ चलचित्रमा नेपाली समाजमा भइरहेका बेथितिको विषयलाई टपक्कै टिपेर मनोरञ्जनात्मक तवरबाट प्रस्तुत गरिने निर्देशक सानेले बताए ।

प्रतिक्रिया