आफ्नै साथीको छुरा प्रहारबाट युएईमा एक नेपालीको मृत्यु

युएई । रक्सी सेवन गरी युएईमा दुईजना नेपालीबिच भएको बिवादले एकजनाको ज्यान गएको छ । युएईको रसअलखेमामा स्थित एक क्लिनिङ कम्पनीमा काम गर्ने भोजपुरका युगेन्द्र राईले आफुसँगै काम गर्ने पाल्पाका तिलक चौधरीलाई छुरा हानेर हत्या गरेका हुन् । छातीमा छुरा लागेकपछि चौधरीको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

उनीहरुसँगै काम गर्ने एक नेपालीले जानकारी दिए अनुसार रक्सीको मातमा उनीहरुबीच देशको राजनीति र विकासका बारेमा कुराकानी भइरहेको थियो । आफ्नो आफ्नो क्षेत्रको विकासमा कुन अघि रहेको भन्ने बिषयमा तर्क हुदाँ राईले तिलकमाथि एक्कासी छुरा प्रहार गरेका थिए । राईलाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरु एउटै कम्पनीमा काम गर्ने र एउटै कोठामा बस्दै आएका थिए । घटना ५ दिनअघि भएता पनि दूतावासलाई कुनै जानकारी नआएको दूतावासकी सूचना अधिकारी विष्णुकुमारी अधिकारीले बताइन् ।

प्रतिक्रिया