स्थानीयको भनाइ के छ रे भने गल्छी, त्रिशुली, मेलुङ, स्याफ्रुवेसी रसुवागढी सडकखण्ड ढुंगे बेत्रावती सडक प्रभावित सरोकार समिति बनेको छ रे क्या ! सडकमा परेका जग्गावालाले जग्गाको क्षेत्रफल अनुसार मूल्यांकन, पुनमूल्यांकन भएन रे मुआब्जा पाएनन् रे कति गहिरा कुरा छन् यहाँ ! हामीलाई भने आफ्नै हतारो ? लौ सुन्नोस्, स्थानीयहरू विरोधमा उत्रने चेतावनी दिँदैछन् रे क्या ! कसलाई के धन्दा घरज्याँइलाई खानाको धन्दा ! आज एकदिन के भो त यहाँको कुरो त सुन्नोस् ! बसमा गल्र्याङगुर्लुम्म आवाज ! एकातिर १२ बजेको कार्यक्रम ४ वजिसक्यो । बस भने हिलोमा फसिरहेको छ । बल्ल एउटा उकालोमा पुग्दा थाहा लाग्यो ? हाम्रा २ वटा गाडी नजाने भए ! अब उताका मान्छे पनि यही ठुलो गाडीमा जाने भए हाम्रो बस बट्टार जाने भयो अब ! एउटाले भने ! सबैले “हुन्छ” हुन्छ भने ! तर ठुलो त जान्छ ? जान्छ, जान्छ, सबै हौसिए !
०७२ को भुइँचालो उर्फ, यो मन रुन्छ धुरुधुरु । यो संस्मरण लेख्दा पनि पराकम्प ॐ कोठा हल्लदै छ, विषय धेरै टाढाको होइन । ०७५ माघ ९ र दोस्रो पल्ट फागुन १० को संस्मरण ।
माघ ८ मौसम धुलाम्मे थियो राजधानीमा । आफन्त मित्र ललितपुर चापागाँउ निवासी मुकुन्द आचार्यको फोन आयो । हजुर भोलि बिहानै सात बजे लगनखेलबाट नुवाकोट बट्टार विदुर जाने ! गल्छीको बाटो हुँदै ठिक सात बजे ललितपुर सातदोवाटोबाट एउटा ठूलो गाडी दुईवटा साना गाडी सजिएर जान्छौँ हामी ! बेलुकी फर्कने गरी । ‘हस् फोन राखिदिएँ मैले’ ।
जसोतसो बट्टार जाने योजना तय भयो । बिहानैदेखि अचम्मको झरी मडारीएको बादल आकाशमा । चिसो धेरै ‘कुम्लो कुटुरो खासै थिएन, तर बाक्लो कपडा, छाता .! हिलाम्मे काठमाडौंको नयाँबानेश्वर बाटो हुँदै सातदोबाटोमा पुग्दा दुई घन्टाको परिश्रम, शरीर थाकिसकेछ,
कोटेश्वरको जामले । अघि भनिए जस्तै ३ वटा गाडी लस्करै छुटे लगनखेलबाट चक्रपथको बाटो सरर….। खर्भरै चिनीयाँ कम्पनीले नेपाल सरकारलाई हस्तान्तरण गर्न लागेको बाटो । गाडीमा बस्ने एक मित्रले भने ‘यो नयाँ बाटो हो तर अन्तर्राष्ट्रिय मापदण्डअनुसार पैदल बाटो छैन है हेर्नुस्’ अर्का मित्रले भने, आठ लेनको छ यो तर बाटो काट्ने जेब्रा क्रसिङ छैन है हेर्नुस् । अर्काले थपे ‘ट्राफिक बत्ती छैन है याद गर्नुस्’ ।
फेरी अगाडि तिखो र अर्काको आवाज आयो–झण्डै १० कि.मी बाटोमा आकाशे पुल त तीनवटा मात्रै छ है ख्याल गर्नुस् । पछाडिएको सिटमा बस्नेले फेरी चिच्याउँदै भने लिंकरोड छैन, अनि अपांगमैत्री छैन है ख्याल गर्नुस् ।
गाडी अगाडि बढ्दै छ, म टोलाउन थाले, हैन के भन्छन्, यिनीहरू चीन सरकारले बनाएको बाटो, पचास वर्ष अघिको तातोपानी, अरनिको राजमार्ग बिर्से कि क्या हो ? बाटो बनाउन त चीन अनुभवी छ । ल्हासा तातोपानी यता–काठमाडौं–गल्छी बट्टार स्याफ्रुवेसीको कुरा आइराखेको छ । उता चिनीयाँ रेलको कुरा अगाडि बढेको छ । कस्तो कुरा नबुझ्ने जस्तो ग¥या होला–मनमनै सोच्दै थिएँ ।
अर्का मित्रले थपे–हो, कुरो ठिक हो । दूर्घटनाको शिकार बन्छ कोटेश्वर, कलंकी सडक धेरै अधुरो छ, यो हेर्दा बाहिर, चिल्लो देखेर के गर्नु ! खालि चोक पनि छैन । गाडी पार्किङ पनि ठाउँ छैन । जताततै समस्यै समस्या छ यहाँ त । गफै त हो सुन्दै अगाडि बढियो तर २ घण्टा भइसकेछ गाडी त थानकोट पुगेकै रहेनछ ।
बसमा खस्याकखुसुक कुरा चल्न थाल्यो–यही पाराले त बट्टारको बाह्र बजेको कार्यक्रम त कुन्नि है । मूल आयोजक मुकुन्दजीको चेहरा निन्याउरो देखिन थाल्यो ।
ठ्याक्कै दश बजेछ, थानकोटबाट गाडी बाहिरिदा घुम्ती मोडैमोड गाडी ओरालो लाग्दै गयो ठ्याक्कै पन्ध्र विस किमि.को गति छैन गाडीको किनभने विपरीत दिशाबाट आउनेहरूको लर्को लामै थियो । ‘सिमसिमे पानीमा ज्यानले बेमान गर्ला कि जिन्दगानीमा” एउटा पुरानो गीत सम्झना आइरहेको छ । किनभने यिनै ओरालीमा हिलोमैलोमा धेरै गाडीले भिरतिर म्वाई खाने गरेका विगतका तीता र लामा अनुभव जिउँदै थिए । ऊ आयो नौबीसे अघिल्तिर बसेकी एउटीले भनिन् । सँगै बसेका अर्का मित्रले भने सपनामा छौ कि क्या हो, धुनिवेसी अहिले आउँछ ?
साँच्चै धुनिवेसी आएको रहनेछ थानकोटबाट छुटेको एक घण्टा पछि पनि । उर्फ बाह्र बजेछ घडीमा, बल्ल धुनिवेसी, खानिखोला काटिएछ । एउटा गाडीले भित्तोलाई मित लाएछ अनि दुवैतिरका गाडी दुई घण्टादेखि जाममा परेका रे धन्न हामी अगाडि बढ्ने भयौँ । गाडीभित्रका सबैजना गलल हाँसे ।
दुईवटा अगाडि हाम्रो अलि अगाडि छ । गल्छीमा चिया खानुपर्ला है । होहल्ला सुरु भयो । एक बजिसक्यो पेटमा मुसा पनि कति दौडेका । दिदीबहिनीहरू पनि भोकले लल्याक्लुुलुक् भइ सकेछन् ।
बाह्र बजे बट्टारको कार्यक्रम बल्लतल्ल एक बजे गल्छीमा ! नेपालको समय यस्तै हो । बानी नै लागिसक्या छ, केही हुन्न अर्का एक मित्रले हौस्याए । गल्छीमा हल्का चिया नास्ता गरेर हामी हुँइकियौ बट्टारतिर ? अहँ बाटोले साथ देला जस्तो छैन । गाडी त रत्यौलीमा नाचेजस्तो नाच्छ । अगाडिबाट आएकालाई ठाउँ पुग्दैन । घच्याक्क रोक्दै ठाउँ दिँदै हिलोमा नाच्दै रोकिँदै । मानौ कछुवाको गति दश मिनेटमा दश बिस मिटरभन्दा गाडि अगाडि नै बढ्दैन । गल्छीबाट छुटेको दुई घन्टा पुग्न लागेको छ वहा त्रिशुली विदुर त कहाँ छ कहाँ नाम निसानै छैन ।
गाडीमा गीत बजेको छैन । समय त जसोतसो कुराउनै प¥यो । एक जनाले विषय उठाएर भने–हिलो, मैलो, धुलो, धुवाँमा निसास्सिनु नेपालीको नियती हो क्या ! राजधानी त त्यो हालतमा छ, बाहिर राम्रो खोजेर हुन्छ ? अर्काले कुरो कोट्याए, भूकम्पपछि यो बाटोले काँचुली नै फेरेको छ । भारतले नाकाबन्दी ग¥यो, अनि केरुङ खुल्ला भयो । यता बाह्रबिसे तातोपानी बन्द छ । अनि सारा व्यापार यतैबाट भएको होइन र !
अर्कोले थपे– तातोपानी सडक पनि बन्दै छ क्या ! दसदस पटकसम्म त्यहाँ निरीक्षण, अनुगमन भइसक्या छ ! अन्तिम अनुगमन भौतिक पूर्वाधार यातायात मन्त्रीले गर्दैछन् । अब तीन महिना पर्खनोस् त ! बाह्रबिसे तातोपानी जोड्ने साँधीखोला, सुख्खा बन्दरगाह, लाचोमा रहेको बेलीवृज हुँदै सीमा नाका सबै बन्दै छ क्या ! भोटेकासीको वाढीले भूकम्प पहिलेनै थचारेको थियो क्या सिन्धुपाल्चोकलाई ! मितेरी पुल बन्दै छ । चिनीयाँहरूले यो बाटो चाँडो खुल्ने भनेका छन् । ‘तर के गर्नु बीचबीचमा पुलहरू जोखिममा छन्, भन्या मात्रै हो क्या, वर्षायाम यता त्यहाँको बाटो खुल्ला जस्तो लाग्दैन है मलाई त’ अर्का सिटमा बसेकाले जवाफ फर्काए ।
अर्काले सुरिलो स्वरमा आफ्नो कुरो राखे, ‘तातोपानी भन्सार नाका बन्द भएकै कारण हजारौं हजार नेपाली विदेसिए क्या’ । यो त जरुरी नि बनाइदिनै पर्छ नि । त्यस क्षेत्रका मानिसको रोजीरोटी नै गुमी सक्यो, फेरी थपे ! अर्काले थपे–हो जीवन कष्टकर छ, त्यहाँ ! सीमाको पूर्वाघार बलियो छैन क्या । मैले भनँे उताको भन्दा यतैको चर्चा गरौं न ! लौ त लौ यतैको गरौं ।
पछाडितिरबाट प्रवचन सुरु भयो । पासाङ ल्हामु सडक मर्मत सम्भार धेरै कम छ । ऊ बाहिर हेर्नोस् त–सडक छेउमा दर्जनौ डोजरहरू ! अर्काले थपे– होइन एक मेयर एक डोजर भन्ने अन्त सुनेको ! यहाँ त कति डोजर हुन् ।
कस्तो कुरा नबुझेको यो बाटो सुधार हुँदैछ अहिले ! रसुवाको स्याउवारीदेखि स्याफ्रुवेसीसम्म सडक अति जीर्ण छ, कालोपत्रे भत्किएको छ, खाल्डाखुल्डी त थाहा पाइहाल्नुभयो ! हामीले ल्याएका तीनवटा गाडिहरू नचिनिने भैसकेका छन् । पूरै हिलाम्मे । दुलाहा पर्नेले चढेको गाडी, सिंगारेको गाडी त हेरिसक्नु छैन । पुरै हिलोले ढपक्कै भैसकेको छ । बसभित्रबाट फेरि अर्को स्वर गुनगुनायो–गल्छी, त्रिशुली सडक खण्डको ढुंगेदेखि वेत्रावती सडक खण्डको दाँयाबाँया पर्ने जग्गाको मुआब्जामा कुरो मिलेको छैन रे ।
स्थानीयको भनाइ के छ रे भने गल्छी, त्रिशुली, मेलुङ, स्याफ्रुवेसी रसुवागढी सडकखण्ड ढुंगे बेत्रावती सडक प्रभावित सरोकार समिति बनेको छ रे क्या ! सडकमा परेका जग्गावालाले जग्गाको क्षेत्रफल अनुसार मूल्यांकन, पुनमूल्यांकन भएन रे मुआब्जा पाएनन् रे कति गहिरा कुरा छन् यहाँ ! हामीलाई भने आफ्नै हतारो ? लौ सुन्नोस्, स्थानीयहरू विरोधमा उत्रने चेतावनी दिँदैछन् रे क्या ! कसलाई के धन्दा घरज्याँइलाई खानाको धन्दा ! आज एकदिन के भो त यहाँको कुरो त सुन्नोस् ! बसमा गल्र्याङगुर्लुम्म आवाज ! एकातिर १२ बजेको कार्यक्रम ४ वजिसक्यो । बस भने हिलोमा फसिरहेको छ । बल्ल एउटा उकालोमा पुग्दा थाहा लाग्यो ? हाम्रा २ वटा गाडी नजाने भए ! अब उताका मान्छे पनि यही ठुलो गाडीमा जाने भए हाम्रो बस बट्टार जाने भयो अब ! एउटाले भने ! सबैले “हुन्छ” हुन्छ भने ! तर ठुलो त जान्छ ? जान्छ, जान्छ, सबै हौसिए !
अगाडि उभिएरका एकमित्रले फेरी थपे–यो मुआब्जाको कुरो लामो छ क्या ! ०७४ चैत्र २३ गते सूचना प्रकाशित गरेर–ढुंगे वेत्रावती सडकका दायाँबायाँ पर्ने जग्गाको मुआब्जाका लागि बोलाएको हो ! सूचना अनुसार यहाँ काम गर्न पनि दिएको हो । त्यहाँका शिव नेपाल यसै भन्छन्–विना मुआब्जा नै काम गर्न दिएको हो क्या ! अहिले पो सडक खाल्डोमै बसेर विरोध गर्नुपरेको हो । स्थानीय प्रसाशनले घर पकड ग¥यो अनि के गर्ने ? स्थानीय जनप्रतिनिधिलाई पनि चार घण्टा नियन्त्रणमा लिइयो ! स्थानीयहरू मेसिनमाथि गएर सुतिदिए ।
फिल्डका कर्मचारीमाथि दुव्र्यवहार गरेको भनेर स्थानीय प्रशासनमा सुरक्षाको माग गरेका रे ! सडक आयोजना प्रमुख सुबोधकुमार देवकोटाको भनाई यस्तो छ रे ! जग्गाको दररेट निर्धारण उपसमितिले उचित मूल्य नदिएको रे नि त ! अर्काले फेरी कुरो कोट्याए ! उ अहिले सहमति भयो रे १ साताको ! १ सातामा समाधान नभएर फेरी आन्दोलन गर्ने रे ।
अझ अगाडि बढ्दै गयो । बसमा भएका सबैले आफ्नो तर्क र अनुमान सुनाइसके ! एकजना अर्का वक्ता बाँकी रहेछन्, उनले थाले कुरो फुकाउन, भन्दै गए ।
०७२ को भूकम्पपछि भारत नाकाबन्दीपछि गल्छी रसुवाले धेरै चर्चा पाएको हो । पासाङ लामा सडकको अहिले स्तारोन्नति हुँदैछ । चीनबाट तेल ल्याउने कुरा, नाका खोल्न स्वयं मन्त्रीहरूकै दौडधुप, व्यापारीहरू त कति गए आए यहाँ ! सरकारले ठुलै योजना तय गरेको छ । बल्लतल्ल नाका सञ्चालनमा आयो तर सडकको हालत खराब छ देखिहाल्नुभयो । साँघुरो कच्ची सडक, आज पानी परेर हिलाम्मे । पानी नपर्दा धुलाम्मे–ऊ हेर्नुस् त बाहिर रुखहरू सेतै छन्, धुलोले । रूखका पात सबै धुलाले छोपिएका रहेछन् । साँच्चै बाहिर हेर्दा त प्रकृति अर्कै पो रहेछ ।
सडक पनि जीर्ण छ के उनी थप्दै गए । साँघुरो छ । अर्को गाडी आउँछ, साइड दिन पुग्दैन । रोकिनुपर्छ । गाडी कन्टेनरहरू बाटैमा बिग्रन्छन् । स्याउ बोकेर आएका कन्टेनर ढल्केर स्याउ, सामान सडकमै पोखिन्छन् । वर्षामा मूलखर्क लगायत सबै सडकखण्ड हिलाम्मे हुन्छन् । अहिले हिउँको हालत त देखि हाल्नुभयो ? दिनहुँ सडकमा गाडी फसिसकेका छन् । डोरीले तान्नुपर्छ । धेरै मानिसको बल प्रयोग गरेर फसेको गाडि उतार्नुपर्छ । घण्टौ समयको बर्बाद हुने गरेको छ । हलुका र खालि गाडी उकालोमा तानिदैनन् अगाडि बढ्न सक्तैनन् । चालकको गुनासो कति छ, कति ! यात्रुको समस्या पनि कति हो कति !
यता स्याउबारी राम्चे ग्राङ, मूलखर्क, खोपाङको भीर, सानो मार्फुजस्ता धेरै ठाउँमा पनि पैरोको ठूलै समस्या छ । सडकका हाकिम शाक्य बताउँछन्–सडक बोर्डअन्तर्गत विनियोजन भएको रकमबाट सडक मर्मत हुने गरेको तर पुग्दैन यसले !
यस सडकबारे गाडीमा बहस त धेरै हुँदै थियो । तर, घडीमा ५ बजेछ । हिलाम्मे हुँदै मान्छेको रूपरंग कस्तोकस्तो कपडा त हेरिसक्नु नै थिएन । बाहिरभित्र ओहोरदोहोर गर्दा पूरै हिलाम्मे । जुत्ता त बहुरूपी गाईजात्रे भइसकेको थियो । बट्टार त्रिशुली पुगियो । कर तिर्नको लागि गाडी पार्क क्षेत्रमा घुमाउनुपर्ने बाध्यकारी व्यवस्था रहेछ । त्यहाँको नियम पूरा गरी गाडीलाई साइडमा राखी हामी कार्यक्रम स्थलमा पुग्यौँ । साँढे सत्तरी किमीको बाटोलाई झन्डै १० घण्टा अचम्म मानिएन ? हतारले कार्यक्रममा फर्कंदाको हालत भयो होला आफैँ विचार ग¥यौँ । फेरी फागुन १० मा गल्छीसम्म जाने कार्यक्रम पनि तय भइसकेको थियो ।
प्रतिक्रिया