राष्ट्रपति भण्डारीद्वारा नवदुर्गा नाचको अवलोकन (फाेटाे फिचर)

भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरमा नवदुर्गा भवानीको पूजा अर्थात द्यौ बोयकेगु, नवदुर्गा नाच र मौलिक हस्तकला प्रर्दशनीको अवलोकन गरेकी छन् । भक्तपुर उद्योग वाणिज्य संघले भक्तपुर जिल्ला प्रशासन कार्यालय परिसरमा आयोजना गरेको प्रर्दशनीको उनले अवलोकन गरेकी हुन् ।

नवदुर्गा देवगणले प्रस्तुत गरेको तान्त्रिक विधि एवं शक्ति स्वरुप नवदुर्गा नाच अन्तर्गत मंगलसिद्धि नाच र गणेश नाचको अवलोकन गरेकी छन् । राष्ट्रपति भण्डारीले स्थानीय हस्तकलाका सामग्रीको समेत अवलोकन गरीन् । उनले त्यस क्रममा भक्तपुरको प्रसिद्ध तलेजु भवानीको मन्दिर परिसरको पनि अवलोकन गरेकी छन् ।

भण्डारीले देवगणलाई दक्षिणा दिनुको साथै नवदुर्गा नाच सञ्चालनका लागि स्थानीयवासीले गरिएको अक्षयकोषमा जिल्ला समन्वय समितिले उपलब्ध गराएको रु १५ लाख र भक्तपुर उद्योग वाणिजय संघले उपलब्ध गराएको रु पाँच लाख गरी कूल रु २० लाख अक्षयकोष स्थापनाको लागि हस्तान्तरण गरीन् ।

कार्यक्रममा प्रतिनिधिसभा सांसद महेश बस्नेतले उक्त अवलोकनमा उत्पादनबारे जानकारी गराएका थिए । संघका अध्यक्ष रामप्रसाद प्रजापतिले कार्यक्रम बारेमा र इतिहासविद् डा. पुरुषोत्तम लोचन श्रेष्ठले नवदुर्गा नाचको शक्ति र महत्वबारे जानकारी गराएका थिए । तस्वीर: रमेश गिरी रासस

प्रतिक्रिया