बर्दघाटको ८ कठ्ठा जग्गा बेचेर बालुवाटारमा किनेकोः महासचिव पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले नवलपरासी बर्दघाटको आफ्नो ८ कठ्ठा जग्गा बेचेको रकमले केन्द्रीय राजधानी काठमाडौँको बालुवाटारमा ८ आना जग्गा खरिद गरेको एक वक्तव्य जारी गर्दै बताएका छन् । उनले जग्गा किर्ते प्रकरणबारे सरकारले छानबिन गरिरहेको र त्यसको निश्कर्ष आफूलाई स्वीकार्य हुने जनाएका छन् ।

आफ्नै छोरा नविन पौडेलको नाममा २०६१ पुस २९ गते खरिद गरिएको ८ आना जग्गामा विवाद चुलीएपछि पौडेलले आज शुक्रवार साँझ वक्तव्यमार्फत जग्गा प्रकरणबारे ६ बुँदे स्पष्टिकरण दिएका छन् ।

महासचिव पौडेलले गैरकानुनी रुपमा दर्ता भएका जग्गाको दर्ता बदर गरी सरकारको नाममा कायम गर्ने तथा यस्ता कार्यमा संलग्न व्यक्तिहरुलाई कानुन बमोजिम कारवाही गर्ने सरकारको अभियानमा आफूले सघाइरहेकोसमेत वत्तव्यमा जनाएका छन् ।

पौडेलले बालुवाटारस्थित सरकारी जग्गा गैरकानुनी रुपले व्यक्तिका नाममा भनीएको दर्ता बदर गरी सरकारकै नाममा कायम गर्न सरकारले चालेको कदमलाई स्वागत र समर्थन गरेका छन् ।

प्रतिक्रिया