बम निष्क्रिय पार्ने क्रममा घाइते भएका सैनिकलाई काठमाडौँ ल्याइयो

काठमाडौँ । पोखरामा नेत्रविक्रम चन्द्र (बिप्लव) समूहले राखेको बमलाई निष्क्रिय पार्ने क्रममा घाइते भएका सैनिकलाई थप उपचारको लागि काठमाडौँ ल्याइएको छ । उक्त बमबाट पोखरा कालीभञ्याङ गण रत्नमन्दिरका नायक धर्मबहादुर थापाको देब्रे हातको हत्केलामा चोट लागेको छ ।

उनलाई प्रारम्भिक उपचार पोखरास्थित फिस्टेल अस्पतालमा लगिए पनि त्यहाँबाट थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए । बिप्लव समूहले आज पोखराको नदीपुरस्थित प्रदेशसभा नजीकको सडकको छेउमा उक्त बम राखेको थियो ।

प्रतिक्रिया