काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र बिर बिक्रम शाहले नयाँ बर्ष २०७६ सालको शुभकामना ब्यक्त गरेका छन् । उनले बिज्ञप्ति जारि गरेर देशका सम्पूर्ण जनता एवं दाजुभाई तथा दिदीबहिनीहरुलाई सम्बोधन गर्दै भोलिबाट सुरु हुने नयाँ बर्ष २०७६ सालको अवसरमा शुभकामना दिएका हुन् ।
पूर्वराजा ज्ञानेन्द्रले बिगतमा जसबाट जे जस्ता गल्ती तथा कमी कमजोरी भएतापनि त्यसप्रतिको आत्म समिक्षा गरेर मुलुकको हित र राष्ट्रिय एकताका लागि सबै निष्ठावान् भएर अघि बढ्न पर्ने बताएका छन् ।
उनले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘पुर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट नव बर्ष २०७६ को सुखद उपलक्ष्यमा बक्सेको शुभकामना । नेपाली दिदीबहिनी तथा दाजुभाइहरु, गतिसिल समयक्रमको प्रवाहसँगै अहिले हामी विक्रम संवत् २०७६ मा आइपुगेका छौँ ।
नयाँ बर्षको आरम्भ प्रहरमा हामी नेपाल भित्र र विश्वका विभिन्न भूभागमा रहेर बसेका समस्त नेपालीहरुमा सुख, शान्ति तथा समुन्नतिको हार्दिक शुभकामना ब्यक्त गर्दछौँ । स्वभावत: यतिखेर हामीले बितेको निकट अतितका बर्षहरुको सुष्म समिक्षा गर्दै नवागत बर्षको स्वागत गर्नै पर्छ । हामीले अब केवल हिजो अस्तिको जस्तो समय बियाल्ने परिपाटीलाई मात्रै अँगालेर पुग्दैन । जनताको घर दैलोमा हामी पुग्दा जनताका अनगिन्ती समस्या र दुर्दान्त पिडा रहेको पाएका छौँ ।
लाखौँ नेपाली काम, माम र दामका निम्ति बिदेशी भूमिमा भौँतारिनु पर्ने, देशमै शिक्षा, स्वास्थ्य एवं मानवोचित सुख र शान्ति प्राप्त हुन नसक्ने, यस्तो नाजुक अवस्था अझै कति रही रहने ? स्वतन्त्र, सार्वभौम, स्वाधीन एवं मौलिक गौरवको बिशेषता राख्ने हाम्रो देशलाई सदा स्वाभिमानी र गौरवशाली राख्न हामीले हाम्रा आफ्ना शास्वत आदर्शको ख्याल राख्नै पर्दछ । मुलुक प्रतिको हाम्रो आस्था र निष्ठा अडिग छ ।
देश सुहाँउदो प्रजातान्त्रिक मूल्य र मान्यतामा आधारित राजनिती, शक्ति पृथकीकरणको सिद्धान्त अनुरुप कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका संचालन हुन पर्दछ भन्ने सधै हाम्रो बिश्वास रही आएको छ । बिगतमा हामी सबैबाट जे जस्ता कमी कमजोरी भए, तिनको आत्म समिक्षा गरि मुलुकको बृहतर हित र राष्ट्रिय एकताका लागि हामी सबै निष्ठावान् हुनु र एक्यवद्ध भएर अघि बढ्नुको विकल्प छैन ।
राष्ट्रिय अखण्डता र प्रजातन्त्रका लागि नेपाल र नेपाली नागरिकको साथमा हामी छौं । नयाँ बर्ष साच्चिकै नयाँ रहोस्, नयाँ बर्षाले वास्तवमै हामीहरुका सोंच र व्यवहारमा नौलो उज्यालो ल्याओस् । श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् । जय नेपाल ।’ उनको बिज्ञप्ति जस्ताको तस्तै तल उल्लेख छ ।
प्रतिक्रिया