भाइको नाममा एसइई परीक्षा दिने दाजु पक्राउ

लहान । भाइको नाममा एसइई परीक्षा दिइरहेका दाजु सिरहाको मिर्चैया परीक्षा केन्द्रबाट पक्राउ परेका छन् । मिर्चैया नगरपालिका–५ स्थित मोहन मावि परीक्षा केन्द्रमा भाइको नाममा एसइई परीक्षा दिइरहेका बेला कल्याणपुर नगरपालिका–५ निवासी १९ वर्षीय अमनकुमार गोइत पक्राउ परेका हुन् ।

गोपाल सर्युग नायक जनता मावि भेडियाबाट परीक्षा दिन आएका १७ वर्षीय पिकंकुमार गोइतको नाममा परीक्षा दिइरहेका बेला दाजु अमनकुमारलाई शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय सिरहाबाट खटिएको अनुगमन टोलीले पक्राउ गरी इलाका प्रहरी कार्यालय मिर्चैयामा बुझाएको छ ।

प्रतिक्रिया