मदरसा निर्माणार्थ जल्सा

स्याङ्जा । स्याङ्जा मुस्लिम समाजको आयोजनामा जल्सा सम्पन्न गरिएको छ । प्रारम्भिक तहको शिक्षालय र इस्लाम धर्मसंस्कारको संरक्षण गर्न जल्सा आयोजना गरिएको हो ।

पुतलीबजार नगरपालिका–३ स्थित वाडखोलामा आयोजित जल्सामा युके, भारत र नेपालका मौलाना (इस्लामी धर्मगुरु) ले प्रवचन दिएका हुन् । एसियाकै प्रसिद्ध वाचक नुरानी मिया, भारतका अबुल हक्कानी, नेपालका शेरे नेपाल, जैसे मोहम्मद सिद्धिकि सिइिकीजस्ता धर्मगुरुहरूले इस्लामी धर्म, संस्कृति र कर्मका बारेमा साक्षात्कार गराउनुका साथै आर्थिक संकलन गरिएको छ ।

मुस्लिम समाजका अध्यक्ष शेर अलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अली मोहम्मदले स्वागत एवं सचिव शाह मोहम्मदले सञ्चालन र मोहम्मद रफिनदिन जद्धातारीले कुरान पढेका थिए । इस्लाम धर्मको संरक्षण र सम्बद्र्धनसहित सुन्नी मुसलमानहरुको एकता कायम राख्ने उद्देश्यले धार्मिक प्रवचन गरिएकोे हो ।

शनिबार उक्त कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले समाजमा रहेका विभिन्न संस्कृतिलाई संरक्षण गर्नुपर्ने बताए । चुमानले कला संस्कृतिबाट समाजको पहिचा हुने बताउँदै कला संस्कृतिलाई सबै मिलेर प्रचारप्रसार गर्नुपर्ने धारणा व्यक्त गरे ।

नेपालको विविधतायुक्त संस्कृति पुँजी भएको बताउँदै यसको संरक्षण र सम्बद्र्धनमा सहयोग गर्ने बताए । मुस्लिम चाडपर्वमा आगामी बर्षदेखि पुनः बिदा दिइने आश्वासन दिए । मन्त्री चुमानले गण्डकी प्रदेशलाई उत्कृष्ट प्रदेश बनाउन सबैको साथ र सहयोग आवश्यक रहनेमा उनको जोड थियो ।

मन्त्री चुमानले पहिलो वर्ष ऐन निमार्णको समय रहेकोले यस वर्ष ऐन निर्माण हुने र अर्काे वर्षबाट विकासका काममा गण्डकी प्रदेशले फड्को मार्ने बताए । उनले ऐन निर्माण भएपछि काम गर्न सजिलो हुने बताउँदै गण्डकी प्रदेशले अहिले जग मात्रै खनेको बताए ।

जल्सामा युके, भारत र नेपालका मौलाना (इस्लामी धर्मगुरु) ले प्रवचन दिएका थिए । एसियाकै प्रसिद्ध वाचक नुरानी मिया, भारतका अबुल हक्कानी, नेपालका शेरे नेपाल, जैसे मोहम्मद सिद्धिकि सिइिकीजस्ता धर्म गुरुहरूले इस्लामी धर्म, संस्कृति र कर्मका बारेमा साक्षात्कार गराउनुका साथै आर्थिक संकलन गरिएको थियो ।

पुतलीबजार नगरपालिकामा पहिलोपटक हुन लागेको जल्साबाट ५० लाख भन्दाबढी रुपैंया संकलन गर्ने र २५ लाख खर्च गर्दै २५ लाख वचत गर्ने आयोजकले अनुमान गरिएको छ । कार्यक्रममा संघीय संसदद्वय नारायणप्रसाद मरासिनी र बालिका खातुनले कला संस्कृतिको संरक्षणले देशको विकास गर्न सकिने बताए । उनीहरुले मुस्लिम समुदायको हितको लागि आपूmहरुले काम गर्ने जानकारी दिए ।

सोही अवसरमा गण्डकी प्रदेश सदस्य दीपक थापा, जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दास, पुतलीबजार नगर कार्यवाहक प्रमुख महेश पुरी, नेकपा प्रदेश सदस्य पारश गैह्रे र नेपाली कांग्रेसका कार्यवाहक सभापति कुमार रानाले बहुसंस्कृतिलाई संरक्षण र सम्बद्र्धन गर्नसके विश्वकै आध्यात्मिक केन्द्र बन्नेमा जोड दिएका थिए ।

कार्यक्रममा मुस्लिम संघका पूर्व केन्द्रीय सचिव मुन्ना शेख, मुस्लिम समाजका संस्थापक हाजी अमिरबक्स मिया, वडाध्यक्ष अमृतप्रसाद श्रेष्ठ, नेपाल संघर्ष गठबन्धनका पूर्वप्रवक्ता सहिद अली लगायतले जल्साको शुभकामना व्यक्त गरेका थिए ।

सुशील सुवेदी

स्याङ्जा

प्रतिक्रिया