टिच फर नेपालले मनायो छैठौं बार्षिकोत्सव

काठमाडौं । शैक्षिक समानताका लागि अभियान अघि बढाइरहेको संस्था टिच फर नेपालले बिहिबार आफ्नो छैठौं बार्षिकोत्सव एक कार्यक्रमका बीच सम्पन्न गरेको छ । शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रि गिरिराजमणि पोखरेलले टिच फर नेपाल अन्तगर्त २ वर्षको फेलोसिप सम्पन्न गरेका लाई बिदाइ तथा नयाँ प्रज्ञार्थीलाई शुभकामना व्यक्त गरे ।

कार्यक्रममा शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रि गिरिराजमणि पोखरेलले आफु टिच फर नेपाल र टिच फर नेपालको कामलाई नजिकबाट नियालिरहेको बताए । ‘टिच फर नेपालले नेपालको शिक्षा सुधारमामा ठुलो भूमिका खेलिरहेको छ, र यो प्रक्रिया निरन्तर चलिरहे साक्षर नेपाल बनाउन धेरै समय लाग्ने छैन’ मन्त्रि गिरिराजमणि पोखरेलले बताए ।

उनले २ वर्ष सकेका प्रज्ञार्थीहरूको उर्जा बुझेको र आगामी दिन मन्त्रालयको सहकार्यमा अघि बढ्न पहल समेत गरे । उनले नेपालको शिक्षा प्रणालीमा विद्यमान् कुरीतिले आफु चिन्तित भएको बताए ।

२०१६ को प्रज्ञार्थीका रुपमा नेपालका ६ जिल्लाको ५१ सार्वजनिक बिद्यालयमा ४० प्रज्ञार्थीले २ वर्ष अद्ध्यापन गराएका थिए । ‘बर्षेनी धेरै जिल्ला बाट प्रज्ञार्थीको माग बढिरहेको र आफुहरू माग पूर्ति गर्न उत्साहित तथा चिन्तित रहेका छौ’ प्रमुख कार्यकारी अधिकृत शिशिर खनाल ले बताए ।

कार्यक्रममा टिच फर नेपालले अध्यापन गराईरहेका बिभिन्न बिद्यालयका बिद्यार्थीहरुले बिज्ञान, प्रबिधि, इन्जिनियर, गणित संग सम्बन्धित प्रविधिहरुको पनि प्रदर्शनी गरेको थियो ।

टिच फर नेपाल सामूदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धि गर्न कृयाशील एक शैक्षिक अभियान हो । यसले आफ्नो अभियानलाई शिक्षा मन्त्रालय, शिक्षा विभाग तथा सम्बन्धित जिल्ला शिक्षा कार्यालयहरूसँगको समन्वयमा विगत २०७० देखि ललितपुर, २०७१ देखि सिन्धुपाल्चोक, २०७२ देखि धनुषा,२०७५ देखी दाङ, लम्जुङ, पर्सा गरी ६ वटा जिल्लाहरुमा र २०७६ बाट तनहुँमा सञ्चालन हुने छ ।

यस अभियानको लागि यस संस्थाले विद्यालयसँगको साँझेदारीमा विभिन्न विश्वविद्यालयहरूबाट स्नातक उत्तीर्ण युवाहरुलाई छनौट तथा तालिम पश्चात अंग्रेजी,गणित र विज्ञान शिक्षकका रूपमा उपलब्ध गराउँदै आएको छ ।

हाल ललितपुर, सिन्धुपाल्चोक, धनुषा, दाङ, लम्जुङ , पर्सा र तनहुँका जम्मा ६७ सामुदायिक विद्यालयहरूमा यो अभियान सञ्चालित छ । जसमा १३८ जना प्रज्ञार्थी शिक्षकहरू कार्यरत छन । यस कार्यक्रमका लागि विभिन्न संघ, संस्था तथा व्यक्तिले विभिन्न प्रकारका सहयोगहरू गर्दै आएका छन ।

प्रतिक्रिया