दलिको पढाइखर्च पालिकाले बेहोर्ने

विराटनगर । मोरङको जहदा गाउँपालिकाले ‘प्लस टुु’ मा अध्ययनरत दलित समुुदायका छात्रछात्राको पढाइमा लाग्ने सम्र्पूर्ण खर्च बेहोर्ने भएको छ । सो गाउँपालिकाअन्तर्गत रहेको माध्यमिक विद्यालयमा अध्यनरत दलित विद्यार्थीको सम्पूर्ण खर्च गाउँपालिकाले बेहोर्न लागेको हो ।

दलित समुुदायका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहज होस् भन्ने उद्देश्यले सो निर्णय गर्न लागिएको गाउँपालिका अध्यक्ष कैलाशप्रसाद मण्डलले बताए । आगामी शैक्षिक शत्रदेखि सो निर्णय लागू हुुने उनले बताए । आगामी साउन महिनादेखि नयाँ शैक्षिक शत्र सुुरु हुँदै छ ।

निर्णय लागू भएपछि ‘प्लस टुु’ मा अध्यनरत दलित समुुदायले निःशुुल्क पढ्न पाउनेछन् । गाउँपालिकामा एउटा मावि सञ्चालनमा छन् । आर्थिक अभावका कारण बीचमै पढाइ छाड्ने अवस्था आउने गरेकाले दलित समुुदायलाई निःशुुल्क शिक्षामा जोड दिएको गाउँपालिका अध्यक्ष मण्डलको भनाइ छ ।

गाउँपालिकामा रहेको दुुर्गा माविमा अहिले दलित समुुदायका ३५ जना छात्रछात्रा अध्ययनरत रहेको जहदा गाउँपालिकाका शिक्षा शाखा प्रमुुख विन्दुुकुुमार लावतीले बताए । गाउँपालिकामा २५ प्रतिशतभन्दा बढी दलित समुुदायको बसोवास रहेको छ । सो गाउँपालिकाले उच्च शिक्षा अध्ययनरत २० जना छात्रछात्रालाई साइकल वितरण गरेको शिक्षा शाखा प्रमुुख लावतीले बताए । माविमा सबै विषयको पढाइ नहुँदा त्यहाँका कतिपय विद्यार्थी सदरमुुकाम गएर पढाइ गर्ने गरेका छन् ।

प्रतिक्रिया