नमुना हरित नगरीः हेटौँडा उपमहानगरपालिका

हेटौँडा उपमहानगरपालिका सिँचाई, मल, बिउलगायतबाट किसानलाई सघाउँदै कृषि हाट बजारको विकास गर्नेसम्मको ध्येयले अगाडि बढेको छ । यो पालिका गुणस्तरीय शिक्षामा पनि प्रतिबद्ध छ । यसका लागि शिक्षक, बुद्धिजीवी, शिक्षा विद्, अभिभावक र विद्यार्थीसँगको सहकार्यमा घोषित लक्ष्य हासिल हुनेमा पालिका आश्वस्त छ । यस पालिका विद्यालयमा रहेका शौचालयहरूलाई अपांगमैत्री, बालमैत्री र छात्रामैत्री बनाउने अभियानमासमेत जुटेको छ

नेपालमा रहेका ७ सय ५३ ओटा स्थानीय तह मध्ये हरियाली सहरको ‘मानक’ निर्माण गर्न हेटौँडा उपमहानगरपालिका सफल भएको छ । त्यस पालिकाका मेयर हरिबहादुर महत र प्रमुख प्रशासकीय अधिकृत पुष्पराज शाहीको बिशेष आमन्त्रणमा ०७५ चैत ५ गते तत् पालिकाका सम्पूर्ण निर्वाचित जनप्रतिनिधि र कर्मचारीलाई सूचनाको हक, सदाचार पद्दति, पारदर्शिता, उत्तरदायित्व, सुशासन र स्थानीय सरकार सञ्चालनको प्रशिक्षण दिएको थिएँ ।

सो कार्यक्रममा उपमेयर मिनाकुमारी लामाले प्रदर्शन गर्नु भएको उच्च मनोबल र केही गरौँ भन्ने भावना तथा वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य एवं कर्मचारीले जनताको सेवामा खटिन देखाएको उच्च प्रतिबद्धताबाट प्रभावित भै यो आलेख तयार गरेको छु । आखिर हेटौँडा उपमहानगरपालिका के कस्ता आफ्ना असल कामका कारण नेपालमा परिचित छ, जसबाट अन्य पालिकाले सिक्न सक्छन् भन्ने विषयमा त्यहाँका सूचना अधिकारी डा. शंकरप्रसाद उपाध्यायसँग छलफल गर्दा प्राप्त भएका सूचनाको विश्लेषण सहितको यो विवरण तयार गरको छु ।

हेटौँडा आजभन्दा करिब ५० वर्ष अघि नै नगरपालिकाको रूपमा स्थापित भएको सहर हो । यो पालिका करिब ४ वर्षपूर्व उपमहानगरपालिकामा स्तोरन्नति भएको हो । १९ वडामा विभक्त यस पालिकामा करिब ४०० जना कर्मचारी कार्यरत छन् । हालका प्रदेशनं. ३ का मुख्यमन्त्री डोरमणी पौडेल यस पालिकाको मेयर हुँदा यस पालिकाको पहिचान ‘हरित नगरी’ मा रूपान्तरित भएको हो । यस पालिकाले विगत करिब डेढ वर्षको अवधिमा ११ ओटा ऐन, २ ओटा नियमावली र ७ ओटा कार्यविधि÷निर्देशिकाहरू तयार गरी लागू गरेको छ ।

‘समृद्ध हेटौँडा, सुखी नगरवासी’ को नारा लिएर अघि बढेको यस पालिकाले ‘डिजिटल हेटौँडा’ को अवधारणा अघि सारेको छ । यस्को मूल ध्येय नागरिकको काम छिटो, छरितो, चुस्त, दुरुस्त एवं नतिजामूलक तुल्याई आम नगरवासीमा सन्तुष्टी पैदा गर्नु नै हो । यस पालिकाले केही वर्ष पूर्व नै यो पंत्तीकार नेपाल सरकारको सचिव हुँदा ‘डिजिटल नागरिक बडापत्र’ को उद्घाटन गर्न आमन्त्रण गरेको थियो । जो सोही बखत नेपालभरिका कार्यालय मध्ये नमुना थियो ।

हेटौँडा उपमहानगरपालिकामा सूचना प्रविधि, आन्तरिक राजश्व परिचालन, पूर्वाधार विकास, सामाजिक परिचालन, सरसफाई तथा वातावरण क्षेत्रमा उल्लेख्य काम भएको पालिकाको दाबी छ । यसलाई पुष्टि गर्दै यस पालिकाले सबै वडा कार्यालयमा एकीकृत सम्पत्ती करको सफ्टवेयर जडान गरेको छ । यस पालिकाले सिसी क्यामरा जडान, वेवसाइट सञ्चालन र मोबाइल एप पनि प्रयोगमा ल्याएको छ । यस पालिकाले आफूलाई पूर्ण खोपयुक्त नगर घोषणा गरेको छ ।

हेटौँडा पालिकाले हरियाली कायम गर्न नदी किनारामा पनि रुख रोप्ने कार्यक्रम सञ्चालन गरेको छ । यस पालिकाले वडास्तरमै नर्सरीको विकास गर्ने लक्ष्य लिएको छ । प्लास्टिकमुक्त नगर बनाउने योजनामा पनि पालिका लागी परेको छ । साथै नगरलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेकाले यस्को पूर्ण कार्यान्वयनमा पालिका जुटेको छ

चुरे सुरुङलाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न पहल गरेको छ । नगरलाई सुन्दर देखाउन सडकका किनारा र बीचमा फूल फूल्याउने काम गरेको छ । सडक कुकुरको बन्ध्याकरण गरेको छ । फोहोरबाट उर्जा उत्पादन गर्ने प्रक्रिया अघि बढाएको छ । ३५ ओटा टोल विकास संस्था गठन गरेको छ । लघु उद्यम समूह गठन गरी नगरभित्र उद्यमशीलता प्रबद्र्धन गरेको छ । यस पालिकाले १० हजार ३ सय ९० जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

‘स्वच्छ, सिर्जनशील, समृद्ध औद्योगिक नगर हेटौँडा’ भन्ने नाराका साथ अघि बढिरहेको हेटौँडा उपमहानगरपालिकाले चालू आ. ब. ०७५-७६ का लागि १ अर्ब ६३ करोड ४ लाख ५० हजारको बजेट सार्वजनिक गरेको छ । यस पालिकाले महिलाको नाममा उद्योग दर्ता गर्दा राजश्वमा ५० प्रशित छुट दिने नीति अख्तियार गरेको छ । यसैगरी यस पालिकाले एचआईभी संक्रमित, बेचबिखनबाट उद्धार भै आएका महिला र यौनिक अल्पसंख्यकले उद्योग दर्ता गर्न चाहेमा राजस्वमा ९० प्रतिशत छुट दिएको छ ।

तर गैर नेपाली नागरिकको कारोबारमा भने यस पालिकाले तोकिएको करमा ५० प्रशित थप गरेर असुली गर्ने नीति लिएको छ । यो पालिका नक्सांकनसहितको विस्तृत सहरी विकास योजना तर्जुमामा दत्तचित्त रहेको छ । साथै पालिकाले नगर प्रोफाईल पनि तयार गर्दैछ । हटिया र पदमपोखरीमा यस पालिकाले व्यवस्थित र अत्याधुनिक सेवासहितको एकीकृत जग्गा विकास कार्यक्रम अघि बढाएको छ । साथै यो पालिका टावरसहितको केन्द्रीय बस टर्मिनल निर्माण गर्ने सपना बोकेर अघि बढेको छ ।

हेटौँडा उपमहानगरपालिका नेपालको राजधानी नै रहेको प्रदेश नं. ३ को अस्थायी राजधानी पनि हो । यसर्थ यहाँ अतिरिक्त चहल–पहल बढ्नु स्वभाविकै हो । यस पालिकाभित्र रहेका वडाहरूलाई ‘क’ र ‘ख’ मा वर्गीकरण गरी ‘क’ वर्गका वडालाई १ करोड १५ लाख र ‘ख’ वर्गका वडालाई १ करोडको बजेट विनियोजन गरिएको छ । यस्तो रकम विनियोजन गर्दा भूगोल, जनसंख्या, गरिबी र पूर्वाधारलाई आधार मानिएको छ, जो अन्य पालिकाका लागि अनुकरणीय रहेको छ ।

यस पालिकाले केन्द्रीय सरकारले झैँ बहुबर्षिय ठूला आयोजनाहरूको पनि थालनी गरेको छ । यस पालिकाले एशियाली विकास बैंकको सहयोगमा खानेपानी र ढल निकासको क्षेत्रमा पनि काम गरिरहेको छ । यो पालिका ६३ किमिको चक्रपथ निर्माणको कम सम्पन्न गर्ने दिशामा पनि उन्मुख छ । साथै तरकारी र फलफूलको थोक बिक्री केन्द्र निर्माण गर्न पनि यस पालिकाले सरकार, गैर सरकारी क्षेत्र र निजी क्षेत्रसँग सहकार्य गर्दैछ ।

नगरभित्र रहेका सार्वजनिक जमिनको संरक्षण गर्न र अतिक्रमण हटाउन अभिलेख दुरुस्त गर्ने काम पालिकाले आरम्भ गरेको छ । यसैगरी नगरभित्रका जग्गा–जमिन खण्डिकृत हुँदै गएकोमा पनि पालिका चिन्तित छ । चुरेबाट बग्ने खहरे नियन्त्रणको काम पनि पालिकाको टाउको दुखाइको विषयका रूपमा रहेको छ । बढ्दो ट्राफिक र दुर्घटनाबाट पर्ने असर न्यूनीकरण गर्नुपर्ने पालिकाको जिम्मेवारी बनेको छ । यस हेटौँडा उपमहानगरपालिकाले भूकम्प पीडितलाई घर नक्सा पासमा ५० प्रशित छुट दिएको छ ।

‘घरको छाना सुधार’ अभियान अन्तर्गत यस पालिकाले आगामी चार वर्षभित्र फुस्को छानारहित पालिका निर्माणको घोषणा गरेको छ । यस पालिकाले राजधानी क्षेत्रमा रहेको सार्वजनिक जमिनमा आकर्षक पार्क निर्माण गर्ने लक्ष्य लिएको छ । यस पालिकाले पदम पोखरीलाई मकै र च्याउको पकेट क्षेत्र तथा हटिया र हर्नामाडीलाई धानको बिउ उत्पादन गर्ने पकेट क्षेत्रको रूपमा लगानी गरेको छ । यसैगरी तरकारी, माछा, फलफूल र आलु विकासको लागि पनि यस पालिकाले उच्च प्राथमिकता दिएको छ ।

हेटौँडा उपमहानगरपालिका सिँचाई, मल, बिउलगायतबाट किसानलाई सघाउँदै कृषि हाट बजारको विकास गर्नेसम्मको ध्येयले अगाडि बढेको छ । यो पालिका गुणस्तरीय शिक्षामा पनि प्रतिबद्ध छ । यसका लागि शिक्षक, बुद्धिजीवी, शिक्षा विद्, अभिभावक र विद्यार्थीसँगको सहकार्यमा घोषित लक्ष्य हासिल हुनेमा पालिका आश्वस्त छ । यस पालिका विद्यालयमा रहेका शौचालयहरूलाई अपांगमैत्री, बालमैत्री र छात्रामैत्री बनाउने अभियानमासमेत जुटेको छ । खेलकूदका क्षेत्रमा कभर्ड हल निर्माणमा पालिका भिडेको छ ।

यसैगरी पर्यटन प्रवद्र्धन गर्न गुम्बा डाँडाको अन्तर्राष्ट्रिय मूर्ति पार्क, जुरेथुम पर्यापर्यटकीय पार्क, रामताल, सहिद स्मारक, कुस्माण्ड सरोवर, त्रिवेणीधाम, मनकामना, वनस्खण्डी, भुटनदेवी, गुफाथान, गोरक्षेश्वर, दक्षिणकाली, शक्तिश्वर, रुद्रेश्वर, ज्याङ छोपलिङ पोतला गुम्बा बौद्ध दर्शन केन्द्र, गुप्तेश्वर, शान्ति स्मृति पार्क, कमल पोखरी, मनकामना मन्दिर, मदन आश्रित भ्यू टावर, कृष्ण प्रणामी मन्दिर, भैरवडाँडा मन्दिर र भ्यू टावर लगायतमा पालिकाले आफ्नो लगानी र ध्यानाकर्षण गरेको छ । यो पालिका स्व. मदन भण्डारी, गणेशमान सिंह र बिपी कोइरालाको समृति पार्क निर्माणमा पनि प्रतिबद्ध छ ।

यस हेटौँडा उपमहानगरपालिकाले पर्यटन प्रबद्र्धन गर्न केबलकारको संभावना हेर्ने जनाएको छ । यो पालिका टोल विकास संस्था, आमा समूह, महिला स्वयं सेविका, किशोरी समूह र जेष्ठ नागरिक लगायतका संजालको क्रियाशीलताद्वारा नगरलाई सरसफाई एवं हरियालीको माध्यमद्वारा ब्यूटीफिकेसन गर्ने काममा पनि जुटेको छ । लक्षित समूहलाई स्वरोजगारको कार्यक्रममा सघाउन पनि पालिका अग्रसर देखिन्छ । जातीय छुवाछुत हटाउन पालिका चेनामूलक कार्यक्रममा पनि जुटेको छ । यस पालिकाले बेरोजगार युवालाई हेभी इक्युकपमेन्ट सञ्चालन, औद्योगिक विद्युत् जडान र ड्राइभिङजस्ता सीपमूलक तालिम पनि दिन थालेको छ । यी अभियान निश्चय नै अन्य पालिकालाई अनुशरणयोग्य छन् ।

हेटौँडा उपमहानगरपालिकाले आफूलाई सडक मावनरहित नगरको रूपमा विकास गरेको छ । यो पालिका विभिन्न कारणबाट अमानवीय जीवन गुजार्न बाध्य भएका वृद्धवृद्धा र बालबालिकाका लागि सघाउन एक मानवीय कोष स्थापना गर्न पनि प्रतिबद्ध छ । यो पालिका बालमैत्री नगर निर्माण र बालमैत्री स्थानीय शासन पद्दति अबलम्बन गर्न पनि कम्मर कसेर लागेको छ । यो पालिकाले आफ्नो पालिकाभित्र रहेका सबै विद्यालयमा कम्तिमा युरोगार्डको व्यवस्था गरी स्वच्छ पिउने पानी उपलब्ध गराउने अभियानमा जुटेको छ । साथै यस पालिकाले छात्राहरूलाई सबै विद्यालयमा निःशुल्करूपमा स्यानेटरी प्याड वितरण गर्दै आएको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखा परीक्षण गराउने र जेष्ठ नागरिकका लागि विश्रामस्थल र पार्क निर्माण गर्न पनि यो पालिका दत्तचित्त छ । यस पालिकाका सबै वडामा एउटा खेल मैदान, एउटा योग साधना केन्द्र र एउटा जिम क्लब निर्माण भएको छ । यस पालिकाले रेमिटेन्सबाट प्राप्त रकमलाई उद्यम विकास प्रबद्र्धनमा लगानी गर्न प्रोत्साहित गरिरहेको छ । यो पालिका बाल विवाह विरुद्ध एकबद्ध भएको छ । साथै हेटौँडा अस्पतालमा किड्नीको डायलासिस सेवा उपलब्ध गराउन पालिकाले आफ्नो प्रयास आरम्भ गरेको छ ।

प्रसव वेदानाले पीडित महिलालाई अस्पताल पु¥याउन लाग्ने यातायात खर्च उपलब्ध गराउन हेटौँडा उपमहानगरपालिका उत्सुक देखिन्छ । साथै यस पालिकाले महिलाको आङ खस्ने समस्या र स्तन तथा पाठेघरको क्यान्सर परीक्षण गर्न स्वास्थ्य शिविर सञ्चालन गरेको छ । यस पालिका आफ्ना घरेलु उद्योगबाट उत्पादित वस्तु बिक्री गर्ने कोशेली घर सञ्चालन गर्न सक्रिय छ । आम जेष्ठ नागरिकको मोतिबिन्दू परीक्षण गर्न पनि पालिका क्रियाशील छ । साथै सामाजिक सुरक्षा भत्ता बैंकमार्फत प्रदान गर्न पालिका लागी परेको देखिन्छ ।

यो पालिका महिला जीम क्लब निर्माणमा पनि जुटेको छ । हाम्रो हेटौँडा सफा हेटौँडा प्रबद्र्धन कार्यक्रमअन्तर्गत शून्य फोहोर अवस्था निर्माण गर्न हेटौँडा उपमहानगरपालिकाले देखाएको जाँगर अन्य पालिकाको लागि उत्प्रेरणाको विषय हुन सक्छ । यस्का लागि नकुहिने फोहोरलाई पुनप्र्रयोगमा लैजाने र जैविक फोहोरबाट ग्याँस उत्पादन गर्ने सोचमा यो पालिका जुटेको छ । साथै फोहोर गर्नेले नै शुल्क तिर्नुपर्छ भन्ने अवधारणासहित नागरिकको सहयोगमा मुलुककै सफा सहरको पहिचान निर्माण गर्न हेटौँडा पालिका अग्रसर छ ।

हेटौँडा पालिकाले हरियाली कायम गर्न नदी किनारामा पनि रुख रोप्ने कार्यक्रम सञ्चालन गरेको छ । यस पालिकाले वडास्तरमै नर्सरीको विकास गर्ने लक्ष्य लिएको छ । प्लास्टिकमुक्त नगर बनाउने योजनामा पनि पालिका लागी परेको छ । साथै नगरलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेकाले यस्को पूर्ण कार्यान्वयनमा पालिका जुटेको छ । यस्तै आफूलाई रेबिजमुक्त तुल्याउन सडक कुकुरको बन्ध्याकरण अभियान सञ्चालन गरेको छ र एक घर तीन विरुवाको नीति लिएको छ । यस पालिकाले ‘स्वच्छ शरीर स्वच्छ मन, योग साधना सहितको साझा धन’ कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । सबै वडा कार्यालय सञ्चालनमा ल्याएको यस पालिकाले आफ्नो न्यायिक समितिको काममा पनि अनुकरणीय ढंगले प्रभावकारिता ल्याएको छ ।

पालिका विभिन्न कोषहरू खडा गर्न प्रतिबद्ध छ । उदाहरणका लागि मानव संसाधन कोष, विपद् व्यवस्थापन कोष, गरिबी न्यूनीकरण तथा सामाजिक परिचालन कोष, अनाथ अपांग, असहाय बिशेष कोष, वातावरण संरक्षण विशेष कोष परिचालन गर्न कार्यविधि निर्माणमा पालिका जुटेको छ । पालिकाले विकास पत्रकारिता पुरस्कार स्थापना गरेको छ । प्रवक्ता र सूचना अधिकारी तोकेको छ । तीन तीन महिनामा स्वतः प्रकाशन जारी गरेको छ । डिजिटल नागरिक बडापत्र लगायतका कार्यबाट हेटौँडा पालिकाले आफूलाई सुशासनका क्षेत्रमा पनि ‘मानक’ पालिकाका रूपमा विकास गरेको छ ।

उपमहानगरपालिकाले वडा विकास कोष खडा गरेको छ । यस्ले अनुगमनको कामलाई पनि प्रभावकारी तुल्याएको छ । यस पालिकामा आफ्नै खाद्य परीक्षण प्रयोगशाला निर्माण हुँदैछ । पुष्पलाल स्मृति पार्कमा वाइफाई फ्रि सुविधा उपलब्ध हुँदैछ । पालिका रणनीतिक र नगरस्तरीय ठूला नगर गौरवका योजनामा केन्द्रित देखिन्छ । वडास्तरमा जनभेला गराई योजना छनौट गर्ने प्रणाली पालिकाभित्र विकास गरिएको छ । पालिका लंैगिक समानता र सामाजिक समावेशीकरणको अवधारणासँग परिचित देखिन्छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, झोलुंगेपुल, सिँचाई, भवन, सहरी विकास, सडकबत्ती, उर्जा, वन र जलाधार संरक्षण, जलवायु परिवर्तन, विपद व्यवस्थापन र वारुणयन्त्र सञ्चालनजस्ता काममा पालिका उल्लेख्य ढंगले प्रस्तुत भएको छ ।

यसरी हेटौँडा उपमहानगरपालिका नेपालको संविधानको अनुसूची–८ ले आफूलाई सुम्पिएको अधिकार र स्थानीय सरकार सञ्चालन ऐन, ०७४ ले दिएको जिम्मेवारीमा इमान्दारितापूर्वक खरो उत्रिएको छ । यस पालिकाबाट मुलुकका अन्य पालिकाहरूले थुप्रै कुरा सिक्न सक्छन् । पालिकाका मेयर, उपमेयर, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य र प्रमुख प्रशासकीय अधिकृत, सूचना अधिकारी सहितका राष्ट्रसेवक कर्मचारीलाई नगरवासीको सेवा र सुबिधा विस्तार गर्न सदैव सफलता मिलोस् भनी शुभकामना व्यक्त गर्न चाहन्छु ।

प्रतिक्रिया