९ जनाले गर्दा १९ जिल्लाका शिक्षक प्रभावित

काभ्रे । जिल्लाका नौ जना राहत शिक्षकका कारण मध्यमाञ्चलको सयौँ शिक्षक प्रभावित भएका छन् । माध्यमिक तहको नेपाली र गणित विषयको शिक्षक सेवा आयोगले लिएको परिक्षाको नतिजा सार्वजनिक नहुनुको पछाडि राहत शिक्षकहरू दोषी भएको आरोप अस्थायी दरबन्दीका शिक्षकहरूले लगाएका हुन् ।

पत्रकार सम्मेलन गर्दै उनीहरूले यस्तो बताएका छन् । शिक्षा ऐन २०२८ संशोधन सहितको दफा ११ (च) को उपदफा १ को खण्ड (ख) प्रतिबन्धात्मक वाक्याशंको १, २ र ३ बमोजिम अस्थायी शिक्षकहरूको मात्र प्रतिस्पर्धा गर्न पाउने प्रतियोगात्मक लिखित परिक्षामा विज्ञवन नंम्बर १०१ र १०२ को प्रकाशित भइसकेको र विज्ञापन नम्बर १०३ को नतिजा प्रकाशित हुन नसकेको बताइएको छ । उनीहरू भन्छन्, ‘विज्ञापन नम्बर १०३ मा लिखित परीक्षामा शिक्षा ऐन २०२८ को दफा ११ (च) को उपदफा १ को खण्ड (ख) को व्यवस्थापनअनुसार अयोग्य व्यक्तिहरू पनि परीक्षामा सामेल भएको र लिखित परीक्षामा उत्तीर्ण भई अन्तवार्तामा समेत सामेल हुनाले हो ।’ यो कमि कमजोरी कसको हो ? सर्वोच्च अदालत, अयोग्य व्यक्तिहरू । उनीहरूले प्रतिप्रश्न गरेका छन् ।

‘राहत शिक्षकहरू आन्तरिक प्रतिष्पर्धामा समावेश हुन नपाउने कुरा शिक्षा ऐनमा उल्लेख हुँदाहुँदै ऐनविपरित किन आवेदन दिन लगाइयो । संविधानको धारा १८ को समानताको हक र धारा ३३ को रोजगारीको हकलाई छोएर शिक्षा ऐन विपरित कार्य भएको देखिन्छ, यसो हुनु हुँदैनथ्यो’, उनीहरू भन्छन् ।

सर्वोच्च अदालतले शिक्षाको कार्य गर्न शिक्षा ऐन विपरीत गएर कार्य गर्न उचित देखिँदैन र शिक्षा ऐन विपरीत किन आदेश जारि गरियो (शिक्षक सेवा आयोगमा) सो पनि गलत कार्य भएको देखिन्छ । विज्ञापन नम्बर १०१, १०२ र १०३ प्राथामिक तहका सबै अस्थायी शिक्षकको नतिजा प्रकाशित हुँदा ७७ जिल्लामा काभ्रे जिल्लाको १०३ नं विज्ञापनमा राहत शिक्षक (अनुदान कोटा) हरू ६ जना घुसेको हुँदा नै रोकिएको छ । यसको लागि अदालतले किन तीन वर्षसम्म गुपचुप रूपमा काम गरेको र नतिजा प्रकाशनको मितिसम्म कुनै पनि शिक्षकले जानकारी नपाएको यो निकै आश्चर्यको विषय हो ।

माध्यामिक तहको सोही समयमा नै विज्ञापन खुलेको र विज्ञापन नं. ३०३ को नेपाली र गणितको परिक्षाफल स्थगित गरिएको छ । मध्यामाञ्चलभरिको १९ जिल्लाको यसमा दोषी देखिन्छ । सेतीदेवी मावि रविओपीका शिक्षकहरू सरिता अधिकारी र तुलसीप्रसाद त्रिपाठी दुबै राहत शिक्षक हुन । दुबै जना शिक्षकले शिक्षा ऐन विपरित कार्य गर्दा प्रतिष्पर्धी १९ जिल्लाका शिक्षकले दुःख पाउनुपर्ने ? कानुनी रूपमा बर्खास्त गर्नुपर्ने भए पनि झन् प्रश्रय दिइरहेको बताइएको छ । प्राथामिक तहका सात जना र माध्यमिक तहका दुई जना सबै राहत शिक्षक हुन् । उनीहरूलाई हदैसम्मको कानुनी कारबाही हुनुपर्ने र रोकिएको नतिजा छिटो प्रकाशित गर्नुपर्ने दरबन्दीमा रहेका शिक्षकहरूले बताएका छन् ।

नौ जना राहत शिक्षकहरूमा सेतिदेवि मावि रविओपीका शिक्षकद्वय तुलसीप्रसाद त्रिपाठी र सरिता अधिकारी हुन् भने अन्य सात जनामा सावित्री तिमल्सिना, मेनुका तिमल्सिना आजाद माविका शिक्षक एवं प्रदेश–३ का अध्यक्ष नारायण तिमल्सीनाका बहिनी हुन् । भने रुजु कुमारी यादव आरपी पेसल यादवकी पत्नी हुन् ।

यस्तै कान्छीमाया लामा हरिप्रसाद खतिवडा, निता भुर्तेल अधिकारी, इन्द्र कुमारी तिवारीका कारण यस्तो भएको एक अस्थायी दरबन्दीका शिक्षकले नाम नबताउने सर्तमा जानकारी दिए । काभ्रेमा विभिन्न तहका ८ सय ३७ राहत शिक्षकमा ती नौ जना राहत शिक्षकले मात्रै किन फर्म भर्न पाए ? अरू त्यति धेरै शिक्षकले किन फर्म भर्न पाएनन् र नतिजा हालसम्म किन स्थगित छ ? निकै सोचनीय विषय भएको उनीहरूले बताएका छन् । फर्म भरेका ती नौ जना राहत शिक्षक मध्ये सात जना लिखित र अन्तवार्तामा समेत सामेल भइसकेका छन् ।

प्रतिक्रिया