अध्यक्ष दाहालद्धारा हुरीबाट मृतकका परिवारलाई पाँच लाख सहयोगको घोषणा

बारा । बारा र पर्सामा हावाहारीका कारण मृत्यु भएकाको परिवारलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

आज बाराको फेटा गाउँपालिकास्थित ६ बरैनियाँ पुगेका अध्यक्ष प्रचण्डले मृतक परिवारलाई प्रति परिवार रु ५, ५ लाख सहयोग गर्ने घोषणा गरे । हावाहुरीका पीडितहरुलाई भेट्न मधेस पुगेका अध्यक्ष दाहाल प्रचण्डले वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत घाइतेहरुको अवस्था बारे जानकारी लिएका छन् ।

प्रतिक्रिया