सर्वोच्च अदालतमा ५ न्यायाधीशको नाम सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतमा न्यायपरिषदद्धावारा ५ न्यायाधीशको नाम नियुक्तिका लागि सिफारिस गरिएको छ । न्यायाधीश नियुक्तिका लागि मंगलबार बिहान बसेको न्यायपरिषद् बैठकले ५ जनाको नाम सिफारिस गरेको हो ।

उक्त परिषद् बैठक अनुसार उच्च अदालतबाट दुई र कानुन व्यवसायीबाट तीन गरी ५ जनाको नाम सिफारिस भएको छ । सोही बैठक अनुसार प्रकाश ढुंगाना, सुस्मलता माथेमा र हरिप्रसाद फुयालको नाम सिफारिस गरिएको छ । त्यसै गरि कुमार रेग्मी र मनोज कुमार शर्माको नाम पनि न्यायाधीश सिफारि गरिएको छ ।

प्रतिक्रिया