काठमाडौं । बारा र पर्सामा भएको आतंक हावा हुरीका पीडितलाई डा. बाबुराम भट्टराईले अफ्नो आधा महिनाको तलब दिने भएका छन् । साथै उनले विपतमा परेका स्थानीयको उद्धार, राहत र पुनर्स्थापनामा तन, मन र धनले लाग्न सम्पूर्ण पार्टीहरुलाई आग्रह गरेका छन्।
नयाँ शक्ति पार्टीका संयोजक डा. भट्टराईले बुँदे सर्कुलर गर्दै भनेका छन्, बारा र पर्सामा भीषण आँधिबेहरीले पुर्याएको अकल्पनीय क्षतिप्रति हाम्रो पार्टी अत्यन्त दुखित छ र विपत्तिमा परेका जनताको उद्धार, राहत र पुनर्स्थापनामा सम्पूर्ण पार्टीपंक्ति तन, मन र धनले लागि पर्न जरूरी छ ।
उनले प्रभावित क्षेत्र वरपरका जिल्ला र प्रदेशका पार्टी युनिटलाई उद्धार तथा राहतमा सक्रियतापूर्वक लाग्न निर्देशनसमेत दिएका छन्।
प्रतिक्रिया