बारामा पर्सामा हावाहुरीले ३१ को मृत्यु, सयाैँ घाइते

काठमाडौं । बारा र पर्सामा आइतबार साँझ परेको बर्षासँगै आएको हावाहुरीका कारण ३१ जनाको मृत्यु हुनाका साथै ठूलो धनजनको क्षति भएको छ ।

हावाहुरीका कारण बारामा मात्रै २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । हुरीका कारण इँटा भट्टाको चिम्नी लडाउनुका साथै गुड्दै गरेको गाडी पल्टिएर तथा विजुलीको पोल ढलेर करेन्ट लाग्दा धेरै मानवीय क्षति भएको बताइएको छ ।

यस्तै पर्सामा चार जनाको मृत्यु भएको छ । रौतहटमा भने मानवीय क्षतिको खबर आएको छैन । दुइ जिल्लामा गरी ५०० भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्लाको फेंटा गाउँपालिका वडा–६ पुरैनिया र वडा–१ भलुहिभरवलियामा गरी २७ जनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कलैया बाराका प्रहरी उपरिक्षक सानुराम भट्टराईले बताएका छन् ।

सयौंको संख्यामा जिल्ला प्रहरी कार्यालय कलैया बारा, सशस्त्र प्रहरीको टोलीले आईतवार बेलुकी देखि नैं सुरक्षाका साथै उद्दार कार्यमा लागेको जिल्ला प्रहरीले बताएको छ ।

मृत्यू हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । मृत्यु हुँनेको पहिचान खुल्न सकेको छैन , भने पर्साको विभिन्न स्थानमा गरी एक सय २० जना घाईते भएको र उनीहरुको बिरगंजको नारायणी उपक्षेत्रीय अस्पताल र गण्डक हस्पिटलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया