मदन भण्डारी नेपाली समाजको वास्तविक हिरो: प्रधानमन्त्री ओली

उर्लाबारी । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय नेता मदन भण्डारी नेपाली समाजको वास्तविक हिरो भएको बताएका छन् । आफ्नो जीवन गएको २५ वर्षपछि पनि जननेता भण्डारीले लिएका सोच र विचारअनुसारै देशले नयाँ बाटो प्राप्त गरेको बताउँँदै प्रधानमन्त्री ओलीले उनको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे ।

मोरङको उर्लाबारी नगरपालिका–३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनीयरिङ कलेजको उद्घाटन, प्रतिष्ठानको रजतजयन्ती स्तम्भ अनावरण र साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जननेता भण्डारीको विचार अनुसारै अहिलेको शासन प्रणाली स्थापित भएको बताए ।

कोही मानिसले नबुझेर र स्वार्थका कारण विरोध गरे पनि जननेता भण्डारीको विचार अनुसारै अब देशको सुशासन र विकास हुने बताए । प्रतिष्ठानको विकासका लागि संघीय, प्रदेश र स्थानीय तह तीन वटै सरकार एक भएर लाग्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले सो संस्थामा अध्ययन गर्ने भाइबहिनी इञ्जिनीयर र प्राविधिक भएर निस्कने भएकाले नै संस्थाको विकास नै समाजको विकास हुने बताए ।

प्रतिक्रिया