सामाजिकको प्रश्नपत्र पनि आउट, आजको परीक्षा पनि रद्द

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को एक पछि अर्को गरी परीक्षा अगावै प्रश्नपत्र आउट हुन थालेको छ । प्रदेश नम्बर नं २ हिजो विज्ञान विषयका परीक्षा पत्र बाहिरिएपछि स्थगित भएको परीक्षा आज सामाजिक विषयको परीक्षा पत्र बाहिरिएपछि फेरि आजको परीक्षा पनि रद्द गरिएको छ ।

पश्न पत्र बाहिरिएपछि प्रदेश २ का सामाजिक विकासमन्त्री नवल किशोर शाहले आकस्मिक बैठक बोलाएका छन् । बैठकले प्रश्नपत्र कसरी बाहिरियो छानविन गर्नेछ । आज सामजिक बिषयको परीक्षा हुने कार्यतालिका रहेपनि प्रश्नपत्र भने बिहीबार बेलुका नै सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएको थियो ।

त्यसैगरी प्रदेश २ का शिक्षा विकास निर्देशनालयका निर्देशक रमाकान्त शर्माले यस विषयमा अनुसन्धान हुने र अनियमितता गर्ने जो कोहीलाई कारबाही हुने जानकारी दिए ।

प्रतिक्रिया