सल्यानमा २० जनाले एसइई दिन नपाउने

सल्यान । यस वर्र्ष जिल्लामा २० जना परीक्षार्थीले एसइई दिन नपाउने भएका छन् । फारम भरेर पनि विद्यालय नियमित हाजिरी नपुगेका २० जना परीक्षार्थि एसइइ दिन अयोग्य भएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लिलाधर बपालले जानकारी दिएका छन् ।

आइतबार बाट शुरुहुन लागेको एसइइ परीक्षामा यहाँका ४ हजार ५ सय ४९ हजार विद्यार्थी सहभागी हुँदै छन् । जिल्लाका २३ वटा परीक्षा केन्द्रबाट नियमिततर्फ छात्र १ हजार ९ सय ८५, छात्रा २ हजार ३ सय ८९ जना गरी ४ हजार ३ सय ७४ जना परीक्षार्थीले परीक्षामा भाग लिने इकाइ प्रमुख बपालले बताए ।

यस्तै ग्रेडवृद्धितर्फ छात्र ८४ र छात्रा ९१ जना गरी १ सय ७५ जना परीक्षार्थि परीक्षामा सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय इकाइ सल्यानले जनाएको छ । यो वर्र्ष ग्रेडवृद्धि समूहका सम्पूर्ण विद्यालयहरूको परीक्षा केन्द्र श्री त्रिभुवन जनता मावि भोटेचौरमा कायम गरिएको उनले बताए ।

उनका अनुसार प्राविधिक धारतर्फ जिल्लाका २ विद्यालयबाट ९१ जना तथा खुला विद्यालय बाट ४० जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । माध्यामिक तहका ७९ वटा विद्यालयहरू सहभागी हुन लागेको परीक्षामा सबैभन्दा धेरै परीक्षार्थी महेन्द्र मावि पिपलनेटामा २ सय ७३ जना रहेका छन् भने सबैभन्दा थोरै जनकल्यान क्याम्पस थारमारेमा १ सय २८ जना रहेका छन् ।

यस्तै देउराली मावि सिद्धेश्वरीमा ११ जना मध्य १ जना मात्र छात्र र १० जना छात्रा सहभागी हुँदै छन् भने शिबजन माबि सितलपाटीमा विर्षेश कक्षाबाट जम्मा ४ जना परीक्षार्थीले सहभागी जनाउँदै छन् ।

परीक्षाको लागी आबश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिका लगायतका सबै सामाग्री केन्द्रहरूमा पु¥याइ सकिएको इकाइ प्रमुख बबालले बताए । केन्द्राध्यक्षहरूलाई अभिमुखीकरण कार्यसमेत गराइएको र महिला केन्द्राध्यक्ष समेतको व्यवस्था गरिएको उनले बताए ।

हरेक परीक्षा केन्द्रमा कडाइका साथ निरीक्षकको भूमिका निर्वाह गर्न केन्द्राध्यक्षलाई निर्देशन समेत दिएको बताए । परीक्षालाई मर्यादित तुल्याउन सबै निकायलाई माध्यामी शिक्षा परीक्षा समन्वय समिति सल्यानले अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया