मुकेशलाई किन लाग्यो अनिलको माया ?

नयाँदिल्ली । १० वर्ष पहिले अनिल अम्बानीले दाइ मुकेश अम्बानीमाथि १० हजार करोडको मानहानी मुद्दा हालेका थिए ।

मुकेशले न्युयोर्क टाइम्समा अन्तर्वार्ता दिएका थिए, जसमा उनले भाइ अनिलमाथि अंशबण्डा हुनुअघि आफ्नोविरुद्ध लबिस्ट र जुसुसको एक टिम खटाएको आरोप लगाएका थिए । यो अन्तर्वार्तापछि अनिलले मनहानीको मुद्दा हाले ।

यो साता अनिलको विल्कुल अलग बयान आयो । अनिल अम्बानीले भनेका छन्, ‘मेरा आदरणीय दाइ र भाउजूलाई हृदयदेखि नै आभार । मुस्किल क्षणमा मलाई साथ दिए ।’

मुकेशले आफ्नो भाइको ऋण तिरिदिएर जेल जानबाट बचाएका छन् । पिताको मृत्युपछि दुई भाइमा कठोरताको सबै हद सार्वजनिक भयो । धिरु भाइ अम्बानीको कारोबारी साम्राज्य रिलायन्सका सिक्का दुई भागमा बाँडियो ।

स्वीडेनको कम्पनी एरिक्सनको ७ दशमलव ७ करोड डलर आर्थिक दायित्व अनिल अम्बानीले २० मार्चसम्म तिर्नुपर्ने थियो । सर्वोच्च अदालतले भनेको थियो, ‘यदि, उनले रकम तिरेनन् भने तीन महिना जेल सजाय हुनेछ ।’

अनिलले गत वर्ष नै यो रकम दिने बाचा गरेका थिए तर, त्यो पूरा नगरेपछि अदालतले अवहेलनाको मुद्दामा दोषी ठहर ग¥यो । अनिल अम्बानीको कम्पनी आरकम यो रकम जुटाउन असफल भयो र मुकेश अम्बानीले ‘मुक्तिदाता’ बनेर आए ।

अदालतले तोकेको समयसीमाको दुई दिन पहिले एरिक्सनले भन्यो कि आरकमले ब्याजसहित सबै रकम दियो । त्यसपछि यो रकम कहाँबाट आयो भनेर खोजी सुरु भयो । राति अबेर अनिल आफैँले जवाफ दिए । उनले भनेका छन् कि, अतितको तिक्तता भुलाएकोमा दाइप्रति आभारी छु ।

दुई भाइको अतीत नाटकीय छ । यस्तो त्यस वेलादेखि छ, नवभारतको कारोबारी संसारमा अम्बानी परिवारको दबदबा रहृयो । धिरु भाइ अम्बानीको मृत्यु भएको तीन वर्षपछि रिलायन्स ग्रुप दुई भाइबीच भागवण्डा भयो । मुकेशको भागमा पेट्रोलियम उत्पादनसँग जोडिएको कारोबार पर्यो भने अनिलको भागमा सम्भावनाले भरिएको क्षेत्र टेलिकम, उर्जा र फाइनान्स प¥यो ।

दुई भाइबीच तनावको स्थिति भागवण्डा अगाडि नै थियो तर, अलग भएपछि त्यो उत्कर्षमा पुग्यो । अनिलले दाइ मुकेशमाथि उनको नयाँ पावर प्लान्टमा सम्झौताको हिसाबअनुसार ग्यास आपूर्ति नगरेको आरोप लगाए ।

मुकेशले दक्षिण अफ्रिकाको टेलिकम कम्पनी एमटिएनलाई अनिलको टेलिकम कम्पनी आरकममा प्रस्तावित विलय रोकेका थिए ।

पछिल्लो वर्षमा भने दुई भाइको दुश्मनीको असर कम हुँदै गएको थियो । यस्तोमा दुबैका बीचमा श्रेष्ठतालाई लिएर प्रतिस्पर्धा पनि अन्त्य भयो । आजको दिनमा मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिजको मार्केट भ्यालु १ सय २४ अर्ब डलरमाथि पुगेको छ । मुकेशको नयाँ टेलिकम कम्पनी जियोलाई लिएर पनि लगानीकर्तामा भारी उत्साह छ ।

अर्कोतर्फ अनिल अम्बानीको लिस्टेड कम्पनीको मार्केट भ्यालु घटेर २ अर्ब डलरमा पुगेको छ । अवस्था यस्तो भयो कि अनिल ६ दशमलव ७ करोड डलरसमेत जुटाउन नसक्ने भए ।

२००८ मा उनी फोब्सको सूचीमा ४२ अर्ब डलर सम्पत्तिका साथ विश्वको आठौँ अर्बपति थिए । अहिले मुकेश ५० अर्ब डलर निजी सम्पत्तिका साथ एसियाका सबैभन्दा धनी बनेका छन् । यस्तोमा भाइको ऋण तिरिदिनु उनका लागि ठूलो विषय होइन । यसबारे मुकेश मौन छन् ।

प्रतिक्रिया