नवलपरासीमा एक दिने शैक्षिक नेतृत्व विकास सम्वन्धी अन्तरक्रिया कार्यक्रम

प्रेम न्यौपाने, कावासोती । पुर्वी नवलपरासीको सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुका लागि एक दिने शैक्षिक नेतृत्व विकास सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रम पिप्रहर सामुदायिक होमस्टे को सभाहलमा शुक्रवार सम्पन्न भएको हो । विद्यालयको शैक्षिक प्रशासन सञ्चालन तथा विद्यालयमा सुशासन कायम गर्न प्रधानाध्यापकले खेल्नुपर्ने भुमिकाका बारेमा अवगत गराई नेतृत्व विकास गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा त्रिभुवन विश्व विद्यालय अंग्रेजी विभाग प्रमुख प्राध्यापक डा. अनिरुद्र थापाले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । इम्बक्स नवलपरासीको आयोजनामा सम्पन्न सोही कार्यक्रम इम्बक्सका अध्यक्ष चन्द्रदेव तिवारीको अध्यक्षता एवम् देवचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख मोतीराम रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा इम्बक्स सल्लाहकार नरदेव न्यौपाने, उपाध्यक्ष नारायण प्रसाद भण्डारी, घनश्याम भुसाल लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन इम्बक्सका सदस्य टिकाराम डुम्रेले गरेका थिए ।

प्रतिक्रिया