नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१२ का दुवै मिर्गौलापीडित गणेश सापकोटालाई नवलपुर समाज दक्षिण कोरियाले सहयोग उपलब्ध गराएको छ ।
छत्तीस वर्षीय सापकोटालाई कावासोती–१३ का वडाध्यक्ष विनोदकुमार रानाको समन्वय तथा सम्पर्कमा कावासोती–८ निवासी नवलपुर समाज दक्षिण कोरियाका सचिव हेमराज चापागाईँले रु ५० हजार सहयोग उपलब्ध गराएका छन् ।
वैदेशिक रोजगारको क्रममा साउदीमा रहेका सापकोटा विदेशी भूमिबाटै मिर्गौला रोगी भएर फर्केका थिए । करीब आठ महीनाअघि नेपाल आएका सापकोटाले सबै नेपालीमाझ सहयोगका लागि आग्रह गरेका थिए ।
नवलपुर समाज दक्षिण कोरियामा काम गर्ने नवलपुरेको सङ्गठन हो । सामाजिक सेवामा काम गर्ने उद्देश्यले स्थापित उक्त सङ्गठनले यसअघि पनि विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको छ ।
प्रतिक्रिया