मिर्गौला सुरक्षामा ध्यान दिऔँः ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला दिवसको अवसरमा आयोजित वाकाथनमा सहभागी भएका छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग, फिजिसियन फर सोसियल रेस्पोन्सिविलिटी नेपाल (पीएसआरएन) र स्वतन्त्र विद्यार्थी युनियनले विहिबार बिहान शिक्षण अस्पतालमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी भएका हुन् ।

प्रधानमन्त्री ओलीको निजी चिकित्सक तथा अस्पतालकी मिर्गाैैला विभाग प्रमुख डा. दिव्या सिंहले सचेतनाका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् । नेपालमै मिर्गौला प्रत्यारोपणको अगुवाइ गरेकी डा. सिंहकै आग्रहमा मिर्गौला प्रत्यारोपित प्रधानमन्त्री ओली वाकथुनमा सहभागी भएका हुन् । केही वर्षअघि मिर्गौलाले काम गर्न छाडेपछि आफन्तको दानबाट प्रधानमन्त्री ओली आफैँलाई मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला रोग विशेषज्ञ डा. सिंह त्यसपछि प्रधानमन्त्री ओलीको निजी चिकित्सकका रुपमा उपचार सेवा दिइरहेकी छिन् ।

कार्यक्रममा आयोजकसँगै पैदलयात्रा गरेर प्रधानमन्त्री ओलीले मिर्गौला सूरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया