दुई विधेयक विधायन समितिमा

काठमाडौँ । राष्ट्रिय सभाले ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक’ र लेखापरीक्षण विधेयक २०७५ विधायन व्यवस्थापन समितिमा दफावार छलफलका लागि पठाउन सर्वसम्मतिले पारित गरेको छ ।

संघीय संसद् राष्ट्रियसभाको आजको बैठकमा कृषि तथा पशुपक्षी विकासमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले दुवै विधेयक सभामा प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया