रामघाटमा अस्ताए रवीन्द्र : काजकिरिया सात दिन मात्र

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको काजकिरिया सात दिनमै सकिने भएको छ । बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री अधिकारीकै चाहनाअनुसार परिवारका सदस्यले सात दिनमै किरिया सक्ने निर्णय लिएका हुन् ।
शुक्रबार पोखरामा आयोजित श्रद्धाञ्जलिसभामा मन्त्री अधिकारीका पारिवारिक सदस्यसमेत रहेका नेकपाका नेता धनराज आचार्यले अधिकारीको चाहनाअनुसार नै काजकिरिया हुने जानकारी दिए । ‘उहाँले परम्परालाई सुधार गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो’, आचार्यले भने, ‘किरियाकर्म सात दिन हुनुपर्छ भन्ने अभियानमै हुनुहुन्थ्यो, सोहीअनुसार उहाँको काजकिरिया अब चार दिनमै सकिनेछ ।’ अधिकारीको निधन भएको तीन दिन बितिसकेकाले बाँकी चार दिनमा सकिनेछ ।

प्रतिक्रिया