मृगौला पिडीतलाई कलाकार बिष्टद्धारा आर्थिक सहयोग

काठमाडौँ । दुवै मृगौला फेल भएका बिरामिलाई कलाकार हरी बिष्टले आर्थिक सहयोग गरेका छन् । वीरेन्द्रनगर वडा नं ४ निवासी मृगौला पिडीत ललित बहादुर रानालाई रु २५ हजार एकसय रुपैयाँ सुर्खेत अस्पतालमा उपचार गराईरहेका बेला उक्त सहयोग रकम बिरामीका छोरा सुदिप रानालाई कलाकार बिष्टले हस्तान्तरण गरेको बताएका छन् ।

दुवै मृगौलाले काम नगरेर थलिएका पिडीत रानाले अरुबाट पनि यस्तै सहयोगको अपेक्षा गरेका छन् । अन्य सहयोगीदाताहरुलाई छोरा सुदिपको मोबाईल नम्बर ९८६८११९६६१ मा सम्पर्क गर्न अनुरोध गरेका छन् । सहयोगी कलाकार बिष्ट नेपाल तरुण दल सुर्खेतका अध्यक्ष समेत रहेका छन् ।

प्रतिक्रिया