सौर्य दैनिकले मनायो ८औं बार्षिकोत्सव, विभिन्न व्यक्तित्वहरु सम्मानित

काठमाडौं । सौर्य राष्ट्रिय दैनिक पत्रिकाको ८औं वाार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । आठौँ वार्षिकोत्सवको अवसरमा सौर्य दैनिकको केन्द्रिय कार्यलयमा आयोजित एक कार्यक्रमकाबीच विभिन्न क्षेत्रमा रही पत्रिकालाई योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरेको हो ।

सो अवसरमा सौर्य दनिकका अध्यक्ष पदम शाह, कार्यकारी निर्देशक बसन्तनाथ पन्त र प्रधान सम्पादक बोधराज त्रिपाठीले दोसल्लासहित सम्मानपत्र हस्तान्तरण गरे । यसरि सम्मानित हुनेहरुमा स्थापना कालदेखि नै पत्रिकामा आबद्ध पत्रकार चमिना भट्टराई, डेस्कबाट शान्तिराम कार्की, भाषा सम्पादनबाट कृष्ण प्रसाद पराजुली, रिपोर्टिङबाट संजिता आचार्य, डिजाइनरबाट प्रकाश भण्डारी रहेका छन् ।

त्यस्तै जिल्ला सम्वाददाताहरुमा बाँकेबाट गुरमुरत यादव र सल्यानबाट मिना बुढाथोकी सम्मानित भएका छन् । त्यसैगरी सर्कुलेशन कोअर्डडिनेटर नारायण नेपाल, मार्केटिंग कोअर्डनेटर जानुका शर्मा, बिलिंग सहायक सुनिता तिमिल्सिना, लेखा साहायक सृजना भारती र कार्यालय सहयोगी डोलकुमारी न्यौपाने (शोभा) सम्मानित भएका छन् ।

उक्त कार्यक्रममा बिज्ञापन एजेन्सीहरुलाई पनि सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा इस्टन एड्भटाईजिङ्गबाट उमेशचन्द्र कटुवाल, योग पब्लिकेशनबाट जोशन श्रेष्ठ, क्लासिक एड्भटाईजिङ्गबाट सागर रेग्मी, पाथिभरा एड्भटाईजिङ्गबाट पवन अधिकारी र जेटी मिडियाबाट सुमन सुवेदी रहेका छन् ।

प्रतिक्रिया