महिनावारी घटबड हुने कारण र समाधानको उपाय

प्राडा गेहनाथ बराल

महिनावारी हुने भनेको किशोरी अवस्थामा हो । यो किशोरी अवस्था (११–१४) मा सुरु हुन्छ । महिनावारी सुरुदेखि बन्द नहुने अवधिलाई प्रजनन अवधि भनिन्छ । सुरुको महिनावारीलाई रजस्वला (मेनार्की) भनिन्छ । अन्तिम वा बन्द भएको महिनावारीलाई रजनोवृत्ति (मेनोपज) भनिन्छ ।

किशोरावस्थामा शरीरमा विकास हुने पाँच अंग
हाइट बढ्ने,
ओभरी डिम्ब बढ्ने,
विकास हुने, मेचुयर हुने,
स्तन विकास हुने÷चेन्ज हुने,
रौँ पलाउने, महिनावारी हुने,
महिनावारी हुने समय कुन हो ?

किशोरावस्था भनेको (१०–१९) वर्ष हो । तर, धेरैजसो किशोरीहरूको ११ देखि १४ वर्ष उमेरमा रजस्वला हुन्छ । विभिन्न कारणले महिनावारी छिटो र ढिलो हुन्छ तर यो दुबै नराम्रो हो । छिटो मेचुयर हुँदा छिटो रजस्वला हुन्छ । तर के कारण छिटो के कारण ढिलो भन्ने कुरा थाहा हुँदैन । छिटो हुनुलाई प्रिकोसिएस भनिन्छ भने ढिलो हुनेलाई डिलेड प्युभर्टी भनिन्छ । छिटो हुने कारण ९० प्रतिशत थाहा हुँदैन, १० प्रतिशत मात्रै थाहा हुन्छ ।

छिटो हुने कारण ?
महिनावारी हुँदा ब्रेनले कन्ट्रोल गर्छ भने अर्को ग्ल्यान्ड हुन्छ, त्यसले हर्मन निकाल्ने गर्छ, यसले हर्मन निकाल्न थाल्यो भने छिटो महिनावारी हुन्छ । यो भनेको १० प्रतिशतमा नै पर्दछ, ओभरीले हर्मन निकाल्ने गर्छ । त्यसकारण छिटो विकास भयो भने छिटो महिनावारी हुन्छ ।

ढिलो हुने कारण
महिनावारी हुनुभन्दाअघि शारीरिक अंगको विकास हुन्छ । प्राइमरी र सेकेन्डरी भनी छुट्याएको हुन्छ, प्राइमरीमा महिला, पुरुष छुट्टिन्छ । सेकेन्डरी भनेको प्राइमरी भन्दा विकास भएको हुन्छ, यसपछि मात्रै महिनावारी हुने हो । यस्ता प्रक्रिया ढिलो भयो भने महिनावारी ढिलो हुने हो । किशोरावस्थामा शरीरमा विकास हुने पाँच अंग ढिलो विकास भयो भने र ओभरी ढिलो विकास भयो भने महिनावारी ढिलो हुन्छ ।

कसैको ओभरी नै बनेको हुँदैन, त्यस्तो महिलाको महिनावारी नै हुँदैन । कसैको बनेर पछि ढिला महिनावारी हुन्छ, यो वंशानुगत हो । कसैको जन्मँदै पाठेघर हुँदैन (पेटमा बच्चा बन्दा नै बच्चाको पाठेघरको विकास हुँदैन) त्यस्ता महिलाको महिनावारी नै हुँदैन । कसैको पाठेघरको मुखमा ब्लक हुन्छ । त्यस्ता महिलाको पनि महिनावारी हुँदैन । कोही महिलाको पाठेघरको मुखभित्र झिल्लीले बन्द भएको हुन्छ, यदि त्यस्तो छ भने शल्यक्रियापछिचाहिँ महिनावारी हुन्छ ।

महिनावारी सुरु भएपछि घटबढ हुन्छ
महिनावारी भइसकेपछि पनि अनियमित हुन्छ यो धेरैलाई हुन्छ । छिटोढिलो हुनु भनेको मेच्युरिटी नभएर पनि हो । कसैकसैको पहिलोपटक भएर दुई÷चार वर्ष नै हुँदैन त्यसपछि फेरि हुन्छ त्यो सामान्य हो, त्यसले केही असर गर्दैन । तर धेरै वर्षसम्म भएन भने पछि बच्चा नहुने सम्भावना हुन्छ, त्यसैले चिकित्सकलाई चाँडोभन्दा चाँडो देखाएर उपचार गर्न जरुरी छ ।

महिनावारी घटबढ हुँदा औषधि प्रयोग गर्न हुँदैन । औषधिले झनै समस्या ल्याउँछ र असर गर्छ । औषधि बेच्ने व्यक्तिलाई त्यो दिएको औषधिले के काम गर्न त्यो सबै कुरा थाहा हुँदैन त्यसैले पनि औषधि चिकित्सकको सल्लाह बमोजिम खान मिल्दैन । विभिन्न महिलाहरूले पति विदेश गएपछि परिवार नियोजनको साधन चक्की औषधि सेवन गर्न छोड्छन्, त्यसले पनि समस्या ल्याउँछ । त्यो छोड्नु हुँदैन, कण्डम प्रयोग गरे जसरी औषधि पनि यौन सम्बन्ध राख्दा मात्रै खानुहुँदैन । चिकित्सकले दिएको सुझावअनुसार खानुपर्छ । तर, कतिले सुझावअनुसार नगर्दा पछि समस्या निम्तिन्छ ।

किन दुख्छ पेट ?
प्रोस्टाग्यान्डिन, इन्फेक्सन (प्रजनन् अंगको संक्रमण) र इन्डोमेट्रियोसिसको कारण पेट दुख्छ । महिनावारी हुँदा पेट दुख्नुलाई डिस्मेनोरिया भनिन्छ । हरेक महिनावारीमा डिम्ब निस्किँदैन, सुरु–सुरुमा वा भर्खरै महिनावारी भएको छ भने निस्किँदैन पनि । त्यसैले गर्दा यस्तो समयमा बच्चा बस्दैन । डिम्ब निस्किनुलाई ओभुलेटरी भनिन्छ भने ननिस्किनेलाई एनोभुलेटरी भनिन्छ ।

यो अनियमित हुन्छ, धेरै रगत जाने हुन्छ । हर्मन आपैmँ कन्ट्रोल हुन्छ तर हर्मनको अनब्यालेन्स भएर ब्लड बढी जाने वा कम जाने गर्दछ । हर्मनजस्तै रसायन पनि हुन्छ, रसायन बडीबाट निस्किन्छ । पहिलो कारण प्रोस्टाग्यान्डिनले पेट दुख्छ । महिनावारी हुँदा बढी प्रोस्टाग्यान्डिन निस्कियो भने दुख्ने हुन्छ । यस्तो समयमा हामीले दुःखाई कम गर्न औषधि खान्छौँ । तर, त्यो दुई÷तीन दिन वा दुःखेको समयमा मात्रै खानुपर्छ । अन्यथा त्यो औषधिले राम्रो गर्दैन, त्यसको नराम्रो असर पर्छ । सकेसम्म औषधि प्रयोग गर्दा चिकित्सकको सल्लाह बमोजिम मात्रै गर्नुपर्छ । औषधिले दुःखाई मात्र कम गर्ने होइन, ब्लड पनि जान कम गर्छ । सेक्स नगरेको र बच्चा नजन्माएको व्यक्तिको पाठेघरको मुख सानो हुन्छ । त्यसबाट बाक्लो रगत वा जमेको रगत निक्लिँदा दुख्छ । तर, बच्चा जन्मेको व्यक्तिको दुख्दैन, उनीहरूको पाठेघरको मुख खुलेको हुन्छ तर कसै कसैलाई हल्का दुख्छ । सेतो पानी बग्ने तल्लो पेट दुख्ने हुन्छ पनि हुन्छ, यो भनेको इन्फेक्सन हो । इन्फेक्सन भएको समयमा महिनावारी भयो भने दुख्छ तर इन्फेक्सन नहुँदा पनि दुख्छ ।

अहिले धेरैलाई इन्डोमेट्रियोसिस रोग देखिएको छ । यो पनि दुख्ने कारण हो । इन्डोमेट्रियोसिस रोग भनेको महिनावारी भएको बेलामा अलि–अलि रगत भित्रै जाने हुन्छ । पाठेघरभित्र रेट्रोग्रेड मिस्ट्रियसन पछाडि रगत जाने हुन्छ । बाहिर आउने रगत पेटभित्रै ब्याक हुन्छ, यसलाई इन्डोमेट्रियोसिस भनिन्छ । त्यो हुँदा प्रत्येकपटक महिनावारी हुँदा थोरैथोरै रगत भित्रै ब्लिडिङ हुन्छ, त्यो समयमा नै उपचार भएन र धेरैपटक भित्र गएपछि त्यसले सधैँ पेट दुख्ने हुन्छ । इन्डोमेट्रियोसिसले आन्द्रा टाँसिने, ट्युब ब्लक हुने र बच्चा नबस्ने हुन्छ । परिवार नियोजनको साधन कपर्टी राखेको छ भने एक÷दुईपटक महिनावारी हुँदासम्म दुख्छ ।

कसरी हुन्छ इन्डोमेट्रियोसिस रोगको उपचार ?
यसको उपचार भनेको महिनावारी नै बन्द गर्ने हो अरू केही हुँदैन । ६ महिनाको लागि औषधि दिइन्छ । त्यसले गर्दा भित्र गएको ब्लडले बनाएको घाउ सुक्छ र दुख्न कम गर्छ । औषधि ६ महिनाभन्दा बढी प्रयोग गर्न मिल्दैन । तर, औषधिले नै सबैको घाउ निको नहुन सक्छ, व्यक्ति र रोगअनुसार फरकफरक औषधि प्रयोग गर्नुपर्छ ।
कसैकसैलाई परिवार नियोजनको साधन डिपो (तीन महिने सुई) ले महिनावारी नै बन्द हुन्छ । यदि त्यस्तो भयो भने घाउ सुक्छ । तर, इन्डोमेट्रियोसिस रोगको उपचारका लागि डिपो दिइँदैन । अरू नै औषधि दिइन्छ, यदि औषधिले पनि भएन भने अप्रेसन नै गर्नुपर्छ ।

अन्य समस्याहरू
शरीर अस्वस्थ, बच्चा नबस्ने (बाँझोपन) हुन्छ । (बच्चा नभएपछि वा आफ्नो यौनइच्छा पूरा नहुँदा पतिले अर्को पत्नी ल्याउने र आफूले काम गर्न नसक्ने हुन्छ ।) त्यस्तै औषधि खाइरहनुपर्ने हुन्छ । आपैmँलाई मलाई रोग लागेको छ भन्ने हुन्छ र मानसिक तनाव सिर्जना हुन्छ ।

(परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका डा. बरालसँग सौर्यकर्मी यसिमा महतले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया