सांसदद्वारा पशुपती शर्मालाई जनगायक भन्दै पुरस्कारको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले ‘लुट्न सके लुट कान्छा, नेपालमै छ छुट’ बोल गीतका गायक पशुपति शर्मालाई प्रजनगायक भन्दै सम्मानसति पुरस्कारको घोषणा गरेका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद अमरेश कुमार सिंह र नेकपाका सांसद झपट रावल बीच दोहोरी नै चलेको थियो । गायक शर्माले गाएको गीतलाई प्रतिबन्ध लगाइएको भन्दै कांग्रेस सांसद सिंहले सरकारको आलोचना गरेका थिए ।

सोही क्रममा गायक पशुपती शर्मालाई सांसद सिंहले जनगायकको भन्दै आफ्नो एक महिनाको तलबबाट २५ हजार रूपैयाँ सम्मानस्वरुप दिने घोषणा गरेका हुन् ।

त्यस्तै उक्त बैठकमै नेकपाका सांसद रावलले गायक शर्माले प्रतिपक्षी दलको पक्षमा गीत गाएको आरोप लगाएका थिए । उनले भने, ‘सुशील कोइरालाको पालामा ‘मलाई जापान पनि यहीँ’ भनेर गीत गाउने अनि अहिले ‘यमराजको शासन’ भनेर गीत गाउनु गायकको अज्ञानता ठानेको थिएँ । तर, प्रतिपक्षी दलका नेताले पुरस्कार दिने घोषणा गरेपछि रहस्य बाहिर आएको छ ।

प्रतिक्रिया