काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आपूm नेतृत्वको सरकारको एकवर्षे कार्यकालले समृद्ध नेपालको आधार तय गरेको बताएका छन् । उनले पाँच वर्ष टिक्ने सरकार भएकाले यसले समृद्ध नेपाल र सुखी नेपाली बनाउने आधारहरू तय गरेको बताएका हुन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सरकारको एकवर्षे कार्यकालका सफलता सुनाउन आयोजित कार्यक्रममा उनले एकवर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका थिए । कतै खुसी त कतै चिन्ता व्यक्त गर्दै सार्वजनिक गरिएको विवरणमा संघीयता, सुशासन र समृद्धिको आधार वर्ष भएको दाबी गरिएको छ ।
राजनीतिक संक्रमणकालको गोलचक्कर अन्त्य भएर स्थिरता कायम भएको छ’ प्रधानमन्त्री ओलीले भने, ‘सरकार अल्पकालीन प्रतिफल दिने कार्यमा मात्र केन्द्रित नभएर दीर्घकालीन विकास योजना सञ्चालन गर्न बलियो आधार तयार भएको छ, यस्तो परिस्थिति सिर्जना हुँदा खिन्न हुनुभन्दा उत्साहित हुनुपर्ने हैन र ?
आफ्नो नेतृत्वको एक वर्षको अवधिमा विकासका लागि कैयौँ आधार सिर्जना भएको भन्दै उनले यस वर्षलाई विकासको आधार वर्ष भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । एकवर्षे कार्यकालमा लगानी प्रवद्र्धनका लागि उपयुक्त वातावरण बनेको, ऊर्जा उत्पादन तथा प्रसारणका लागि ठूला परियोजनाहरू निर्माण गरिएको, उद्योग स्थापनाका लागि आधार तयार भएको तथा सडक निर्माण लगायतमा उल्लेख्य प्रगति हासिल गरेको बताए ।
एकवर्षे कार्यकालमा आशा जागेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस्ता आशामा ‘चिसो पानी’ खन्याउने काम भइरहेको बताए । उनले आपूmले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कुरा गरेको उल्लेख गर्दै भने, ‘भ्रष्टाचार सम्बन्धमा म मुखमा पानी हालेर बोलिरहेको छैन ।
भ्रष्टाचार गर्न तम्सिएकाहरू तर्सिएका छन्, मुर्मुरिइरहेका छन् ।’ अहिले सुशासनका संयन्त्रहरू क्रियाशील रहेको भन्दै उनले भ्रष्टाचारमा साविति बयान दिनेहरूले नै सरकारविरुद्ध औँला ठड्याउने काम गरेको दाबी गरे । नौ÷नौ महिनामा सरकार फेरिरहने बानी परेकाहरूलाई आफ्नो बानी सुधार्न आग्रह गर्दै उनले भने, ‘अब सरकार फेरिँदैन त्यसैले अब बानी फेर्नुपर्छ ।’
‘राजनीतिक संक्रमणकालको गोलचक्कर अन्त्य भएर स्थिरता कायम भएको छ’ प्रधानमन्त्री ओलीले भने, ‘सरकार अल्पकालीन प्रतिफल दिने कार्यमा मात्र केन्द्रित नभएर दीर्घकालीन विकास योजना सञ्चालन गर्न बलियो आधार तयार भएको छ, यस्तो परिस्थिति सिर्जना हुँदा खिन्न हुनुभन्दा उत्साहित हुनुपर्ने हैन र ?’ निर्वाचन पछिको पहिलो वर्षलाई आपूmले संविधान कार्यान्वयनका लागि संरचनागत व्यवस्थापन र समृद्धिको आधार वर्षको रूपमा लिएको पनि बताए । वर्तमान सरकारले कानुन बनाउने कामलाई प्राथमिकताका साथ अघि बढाएको दाबी गर्दै अहिलेसम्म संविधानसँग बाझिने कैयौँ कानुन बनाइएको बताए ।
सरकारको एकवर्षे अवधिमा त्रिभुवन विमानस्थल २२ घण्टा सञ्चालनमा ल्याइएको तथा देशभरका विमानस्थलमा सुधार गरिएको, जलविद्युत् आयोजनाहरूको निर्माण कार्य धमाधम अगाडि बढाइएको, सडक विस्तार र स्तरोन्नति गरिएको, पक्की पुल, झोलुंगे पुल, रेल मार्ग निर्माण, तुइन विस्थापन लगायतका विकासका काम गरेको भनेर फेहरिस्त पेस गरे ।
उद्योग क्षेत्रमा पनि उल्लेख्य प्रगति हासिल भएको भन्दै उनले नवलपरासीको धौवादीमा भौगर्भिक भण्डार क्षेत्र फेला परेको, वीरगञ्ज एकीकृत भन्सार चौकीको सञ्चालन, पेट्रोलियम पाइप लाइन बिछ्याउने काम अन्तिम चरणमा पुगेको जस्ता कामको सूची नै प्रस्तुत गरे । छिमेक नीति र परराष्ट्र नीतिमा उल्लेख्य परिवर्तन ल्याइएको भन्दै उनले ‘सबैसँग गहिरो मित्रता कसैसँग पनि छैन शत्रुता’ भन्ने नाराका साथ सरकार अघि बढेको स्पष्ट पारे ।
उद्योग तथा पर्यटन क्षेत्रको विस्तार र विकास, धान मकैलगायत तरकारीको उत्पादन वृद्धि गरिएको, खाद्यान्न संकट हुने जिल्लामा यस वर्ष खाद्यान्न संकट नभएको र अब संकट नहुने अवस्थामा पु¥याइएको, कृषि आधुनिकीकरण अन्तर्गतका कार्यक्रमलाई विस्तार गरिएको, साना किसानको ऋण मिनाहा गरिएको, वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी ल्याउन सफल भएको र रेमिट्यान्स वृद्धि गरिएको पनि उनले सुनाए ।
वन तथा वन्यजन्तु संरक्षणमा उल्लेख्य प्रगति हासिल गर्न सफल भएकाले अहिले बाघको संख्या बढेको भन्दै उनले यसले पर्यटकको संख्यामा समेत वृद्धि ल्याउन सकिएको बताए । मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या शीघ्र समाधान गरिने उल्लेख गर्दै उनले यस वर्ष ३ सय ९ वटा खानेपानी योजना निर्माण सम्पन्न भएको दाबी गरे ।
डिजिटल नेपाल अभियानलाई अघि बढाइएको बताउँदै प्रधानमन्त्री ओलीले यस वर्ष १ सय १ स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्न सफल भएको र आउँदा वर्षहरूमा त्यसलाई अझ विस्तार गरेर लैजाने पनि बताए । गएको वर्ष मंसिर १० र २१ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभा चुनावबाट निर्वाचित भएपछि फागुन ३ गते ओली नेतृत्वमा सरकार गठन भएको थियोे ।
प्रतिक्रिया