हरेक सालको प्रेम दिवस आँखाको आँसु मेरो (कविता)

                                          मिना कुवँर धादिङ 

१: हरेक बसन्तमा फुल फुल्छ तर झर्ने पात मेरो !

दिनमा भाग पुग्दैनरे दिन ढलेसी रात मेरो !!

पिर र ब्यथा लुकाउने देखावटी हाँसो मेरो !!!

हरेक सालमा प्रेम दिवस आखाको आँसु मेरो !!!!

 

२: गुलाबको फुल टिपे पछी बाँकी रहने काँडा मेरो !

पाकेको घाउ कोट्याउने त्यही काँडा साहारा मेरो !!

भेट्ने गोरेटो अरुकै रे छुटाउने त्यो दोबाटो मेरो !!!

हरेक सालको प्रेम दिवस आँखाको आँसु मेरो !!!!

 

३: गलाको प्रेमको हार झुन्डयाउने पासो मेरो !

अमृत ठानि पिउने गर्छु तर भागमा बिस मेरो !!

मुटु छिया छिया पार्ने उसको मिठो याद मेरो !

हरेक सालको प्रेम दिवस आँखाको आँसु मेरो !!!!

प्रतिक्रिया